नेपालमा थप १२ जनामा कोरोना

बिबिध मुख्य समाचार
नेपालमा थप १२ जनामा कोरोना ६८२ जना संक्रमण विश्वभर ३ लाख ४६ हजारको मृत्यु, ५५ लाख संक्रमण

१३ जेठ, पोखरा ।
नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ६८२ जना पुगेको छ । भने मृत्युहुनेको संख्या ४ पुगेको छ । त्यस्तै ११२ जना उपचार पश्च्यात घर गईसकेको छ । आज विहान सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुईरदुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
वीरेन्द्ररनगर नगरपालिका–१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।
यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका(४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।
नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् । उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
त्यस्तै कोरोना संक्रमणपछि विश्वभर ३ लाख ४५ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ९८ हजार २ सय १८ को मृत्यु भएको छ। ‍बेलायतमा ३६ हजार ९ सय ९६, इटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ६० तथा स्पेनमा २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ। विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख ९० हजार ९ सय ५४ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी १६ लाख ६२ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ब्राजिलमा ३ लाख ७४ हजार ८ सय ९८, रुसमा ३ लाख ५३ हजार ४ सय २७, बेलायतमा २ लाख ६२ हजार ५ सय ४७, स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर २२ लाख २८ हजार ९ सय १५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा अमेरिकामा सबैभन्दा बढी ३ लाख ७९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन्। त्यस्तै, जर्मनीमा १ लाख ६१ हजार १ सय ९९, ब्राजिलमा १ लाख ५३ हजार ८ सय ३३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भइसकेका छन् ।





Leave a Reply

Your email address will not be published. Required fields are marked *