मौसम विभागको अनुमान वर्षा र हिमपात हुनसक्ने
पोखरा । मौसम विभागले मंगलबार पहाडी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली भेगमा हिउ पर्ने अनुमान गरेको छ । देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुने जनाएको छ । पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ। त्यसै गरि पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको उल्लेख गरेको छ ।
पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौषम विभाले जनाएको छ ।
माघ ०८ गते (मंगलवार)
दिउँसो देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुनेछ्र पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पहाडी भुभागमा सामान्य देखि पुर्ण बदलि र बाँकी भुभागमा सामान्य बदलि हुनेछ पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
माघ ०९ गते (बुधवार)
दिउँसो देशभर सामान्यतया बदलि हुनेछ, पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ । रातिः देशभर सामान्यतया बदलि हुनेछ पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
माघ १० गते (बिहिवार)
दिउँसोः देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली, पुर्वी तथा मध्यका पहाडी भुभागमा आंसिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ रातिः देशको पहाडी भुभागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ तथापि मध्यरात पश्चात देशभरी आंसिक बदली रहने संभावना छ । गन्थनडटकम बाट साभार