लिभरपुलले उपाधि जित्न अझै दुई जित निकाल्नुपर्ने

अन्तराष्ट्रीय खबर खेलकुद

एजेन्सी । लिभरपुलले आफ्नो पहिलो इंग्लिस लिग उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । आइतबारको दर्शकविहीन मर्सिसाइड डर्बीमा एभरटनले उसलाई गोलरहित बराबरीमा रोक्यो । निश्चित लिग उपाधितर्फ अग्रसर लिभरपुलको प्रदर्शन कमजोर रहेको थियो । योर्गन क्लोपको लिभरपुलले १ सय ३ दिनको अन्तरपछि पहिलो आधिकारिक खेल खेलिरहेको थियो ।बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई च्याम्पियन बन्न ६ अंकको आवश्यकता छ । लिभरपुलले अझै च्याम्पियन बन्नको लागि दुई जित निकाल्नुपर्ने भएको छ । एभटर्नमाथि जित निकाल्न सकेको भए लिभरपुलले बाँकी एक खेलमा जित पारे च्याम्पियन बन्ने थियो । लिभरपुल ३० र्वापछि प्रिमियर लिग च्याम्पियन बन्ने संघारमा छ । घरेलु टोर्लाी दवावमा राखेपनि लिभरपुलका अग्रपङ्तिका खेलाडीले एभर्टनको बलियो र चुस्त रक्षापङ्ति तोड्न सकेन । खेलको चौथो मिनेटमा नै ब्राजिली मिडफिल्डर रिचार्लीसनले गोलको सुन्दर अवस गुमाउदा एभर्टन अग्रता लिनबाच चुकेको थियो । ३०औं मिनेटमा एलेक्सान्डर अर्नोल्डको क्रसमा जोए मटिपको पावरफुल हेडर पोस्टबाट थोरै बाहिरिदा लिभरपुलले खेलमा अग्रता लिने अवसर गुमायो । ३४औं मिनेटमा लिभरपुलका मिनामिनोको प्रहारले पोस्टको गति लिन सकेन । ४१औं मिनेटमा एलेक्सान्डर अर्नोल्डको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो ।
यो खेल जितेको भए लिभरपुलले बुधबार क्रिस्टल प्यालेसविरुद्धको खेल जितेर लिग उपाधि कब्जा गर्न सक्थ्यो । लिगमा आठ चरणको खेल बाँकी रहेकोमा लिभरपुललाई लिग जित्न पाँच अंकको आवश्यकता छ । लिभरपुलको ८३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६० अंक छ । आइतबारकै अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ ले हरायो । न्युकासल युनाइटेड सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्न सफल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *