रियल म्याड्रिड, बार्सिलोनालाई उछिन्दै शीर्षस्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल सोसीडाडको मैदानमा आइतबारको खेलमा जित दर्ता गर्दै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सो खेलमा रियल सोसिडाडलाई २–१ ले हराएपछि शीर्षस्थानमा रहेको बार्सिलोनालाई उछिन्दै रियल म्याड्रिड माथी उक्लिएको हो । अंक तालिकामा रियलको ३० खेलबाट ६५ अंक भएको छ। दोस्रोमा झरेको बार्सिलोनाको पनि समान ६५ अंक […]

पुरा पढ्नुहोस् ...

युभेन्टसलाई पेनाल्टीमा हराउँदै नेपोली कोपा इटालिया च्याम्पियन बन्यो

पोखरा, असार ४ । लिग च्याम्पियन युभेन्टसलाई हराउँदै नापोलीले पछिल्लो ६ सिजनमा पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको छ। नापोलीले बुधबार राति कोपा इटालियाको उपाधि जितेको हो। उपाधि भिडन्तमा नापोलीले युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्‍यो। त्यसअघिको खेल गोलरहित बराबरीमा सकिएको थियो।पेनाल्टी सुटआउटमा युभेन्ट्सका पाब्लो डिबाला र डानिलोको पेनाल्टीले गोल गर्न सकेन।डिबालाको प्रहार गोलकिपरले […]

पुरा पढ्नुहोस् ...

एसी मिलानलाई हराउँदै युभेन्टस कोपा इटालियाको फाइनलमा

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । […]

पुरा पढ्नुहोस् ...

बुन्डेससलिगाः वार्यनको शानदार जित

पोखरा, जेठ १८ । जर्मन बुन्डेसालिगाअन्तर्गत शीर्ष स्थानको वायर्न म्युनिखले शनिबार राति भएको खेलमा वार्यनले फोर्टुना डुसलडोर्फलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । जितमा २ गोल गरेका रोबर्ट लेवान्डोस्कीले आफ्नै रेकर्ड बराबरी गरेका छन्।लेवान्डवस्कीले ४३औं र ५०औं मिनेटमा गोल गरे । यस्तै बेन्जामिन पाभार्डले २९औं र अल्फोन्सो डेभिसले ५२औं मिनेटमा गोल गरेका थिए […]

पुरा पढ्नुहोस् ...

फुटबल प्रेमीलाई खुसीको खबर !! ला लिगा १२ जुनबाट शुरु हुँदै

एजेन्सी – कोरोना भाइरसको प्रकोपले स्थगित ला लिगा पुन शुरु हुने भएको छ । १२ जुनदेखि शुरुहुन गईरहेको खेलमा सेभिया र रियल बेटिसबीच पहिलो खेल हुने जानकारी स्पेनिस ला लिगा आयोजकबाट प्राप्त भएको छ ।ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका […]

पुरा पढ्नुहोस् ...

स्थगित बुन्डेस लिगा आजदेखि, ६ खेलमा प्रतिस्पर्धा हुँदै

एजेन्सी – कोरोना भाइरस कोभिड–१९ ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन पीएसजी लाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ । फ्रेन्च लिग वान रद्ध भएपनि जर्मन फुटबल लिग “डिएफएल”ले जर्मन बुन्डेस लिगा क्लोज डोरमा […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिड र बार्सिलोनाका खेलाडी प्रशिक्षणमा फर्किए

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडका खेलाडीहरु बुधबारबाट टोलीको प्रशिक्षणमा फर्किएका छन् । बार्सिलोनाको नेतृत्व कप्तान लियोनेल मेस्सीले गरे भने रियलको नेतृत्व बेल्जियन फरवार्ड इडेन हजार्डले गरेका छन । उनीहरु कोरोना परिक्षणपछि प्रशिक्षणमा गएका हुन् । बुधबार मेस्सी र हजार्डसँगै अन्य स्टार खेलाडीहरु सुरक्षात्मक मास्क र ग्लोभ्स लगाएर झन्डै महिनापछि प्रशिक्षणमा फर्कनुअघि कोरोना […]

पुरा पढ्नुहोस् ...

लिग रद्द भए लिभरपुललाई प्रिमियर लिग उपाधि

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएकोकारणले लिग रद्द भएमा लिभरपुलले उपाधि जित्ने युरोपियन फुटबल महासंघ युईएफए का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले बताएका छन् । अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए । प्रिमियर लिग स्थगित हुँदा लिभरपुल नै दावेदार हो । दोस्रो स्थानमा […]

पुरा पढ्नुहोस् ...

नेपालले जित्यो फुटबलमा स्वर्ण, कुल ५१ स्वर्ण

काठमाडौं । नेपाली राष्ट्रिय यू –२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण जित्दै पदक तालिकामा ५१ स्वर्ण पुरा गरेको छ । दशरथ रंगशालामा आज भएको फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले समान १÷१ गोल गरे […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः डिबालाको गोलमा युभेन्टसको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ । एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले […]

पुरा पढ्नुहोस् ...

नेपालले महिला भलिवलमा ऐतिहासिक उपाधि जित्यो

एजेन्सी । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ । पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जित्दै नेपाल च्याम्पियन बनेको हो । बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र […]

पुरा पढ्नुहोस् ...

बुटवलमा स्पोर्टस मिनिष्ट्र भिजन कास्टिङ कार्यक्रम

बुटवल । ख्रीष्टियन युथ क्लब बुटवल को आयोजनामा स्पोर्टस मिनिष्ट्रि भिजन कास्टिङ कार्यक्रम समापन भएको छ। नवजिवन ए.जि.चर्च, बुटवलमा गरिएको उक्त कार्यक्रममा क्लबका सचिव सन्तोष चौधरी “समीप”ले सन्चालन गर्नुभएको थियो । अध्यक्ष होम बहादुर गलामिले क्लबको उद्देश्य को बिषयमा जानकारी गराउनुभएको थियो ,बुटवल बेथेल चर्चका पास्टर माध्व न्यौपाने ले प्रार्थना गरि सुरु गर्नुभएको उत्त कार्यक्रममा […]

पुरा पढ्नुहोस् ...

क्यारेबियन लिगमा गेलले बनाए २२ औं शतक, बन्यो सर्वाधिक स्कोर र छक्काको रेकर्ड

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेटबाट क्रिस गेलले बिदा लिए पनि उनको ब्याटिङ अझै चम्किन छोडेको छैन। वेस्ट इण्डिजका यी ब्याटस्म्यानले मंगलबार ६२ बलमा ११६ रन बनाउँदै कम्तीमा टि(२० मा आफ्नो ब्याटिङको जादु अझै कम नरहेको सन्देश दिएका छन्। भलै उत्कृष्ट प्रदर्शनका बाबजुत उनको टोली जमैका थलावाजले हार भने टार्न सकेन। यस खेलमा कीर्तिमानी ३७ छक्का बने। […]

पुरा पढ्नुहोस् ...

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो सुपर कपको उपाधि

एजेन्सी । यूईएफए सुपर कपको उपाधि लिभरपुलले जितेको छ । फाइनलमा फ्रांक लाम्पार्डको टिम चेल्सीलाई पेनाल्टीमा पाँच–चारले पराजित गर्दै लिभरपुलले चौथो पटक सुपर कपको उपाधि जित्न सफल भयो । टर्कीको स्तानबुलमा भएको निकै रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा दुई–दुई गोलको बराबरी खेलेका थिए । त्यसो त चेल्सीले सुरुवाती […]

पुरा पढ्नुहोस् ...