च्याम्पियन्स लिगः डिबालाको गोलमा युभेन्टसको जित

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ । एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेको थिए । अघिल्लो खेलमा विश्राम पाएका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मैदानमा पुरै समय बिताएपनि गोल गर्न सकेनन् ।

जितसँगै समूह ‘डी’ बाट युभेन्टस नकआउट चरणमा पुग्न सफल भएको छ । समूहमा अपराजित रहेको युभेन्टसको ५ खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ७ अंक छ ।यही समूहको अर्को खेलमा जर्मन क्लब बायर लिभरकुसेनले लोकोमोटिभमाथि २–० को जित निकालेको छ । जितसँगै लिभरकुसेन ६ अंक जोडेर तेस्रो स्थानमा उक्लदा लोकोमोटिभ ३ अंक जोडेर पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *