नेपालले जित्यो फुटबलमा स्वर्ण, कुल ५१ स्वर्ण

खेलकुद नेपाल मुख्य समाचार

काठमाडौं । नेपाली राष्ट्रिय यू –२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण जित्दै पदक तालिकामा ५१ स्वर्ण पुरा गरेको छ ।

दशरथ रंगशालामा आज भएको फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले समान १÷१ गोल गरे । भुटानका लागि चेन्चो ग्यालसेनले १ गोल फर्काए । खेलको १६ औं मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे । उनको जारि प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले भुटानविरुद्ध समूह चरण र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए ।
खेलको ३६ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो । चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गर्दै भुटानलाई खेलमा फर्काएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नेपालले पेनाल्टीको लागि अपिल गरेपनि सुमन अर्यालमाथि पेनाल्टी क्षेत्रभित्र भएको फललाई रेफ्रीले वास्ता गरेनन् ।


दोस्रो हाफमा नेपालले सुनिलको गोलमा अग्रता लियो । उनले दायाँ विंगबाट आएको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपाललाई पुनस् अग्रता दिलाएका थिए । त्यसपछि थप गोल हुन नसक्दा नेपालले स्वर्ण पदक जितेको हो ।

नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।
१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते (८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) (अनु अधिकारी
८.कराते (६७ केजी) –नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी
३६.उसु (५६ केजी) – जुनी राई
३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की
३८. गल्फ – सुवास तामाङ
३९. गल्फ (टिम इभेन्ट)(सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
४०. भारोत्तलन – विकास थापा
४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह
४२. म्याराथन – किरणसिंह बोगटी
४३. कुस्ती (५५ केजी)– संगिता धामी
४४. पौडी (४ सय मिटर फ्रिस्टाइल)– गौरिका सिंह
४५. जुडो (५२ केजी मुनि) –देविका खड्का
४६. बक्सिङ (५४ केजी)–मिनु गुरुङ
४७. बक्सिङ (६४ केजी) – भुपेन्द्र थापा
४८. जुडो (७८ केजी) – पुनम श्रेष्ठ
४९. पौडी (१ सय मिटर फ्रिस्टाइल) – गौरिका सिंह
५०. बक्सिङ (६० केजी) – सुनिल शाही
५१. फुटबल पुरुष

Leave a Reply

Your email address will not be published. Required fields are marked *