मारानाथालाई प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी
पोखरा, बैशाख ६ गते । प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिता २०७८ को उपाधी सिम्पानी कस्केरी अवस्थित मारानाथा चर्चले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा चर्च ब्रर्दस, दुलेगौँडालाई टाईब्रेकरमा ३–२ गोलले पराजित गर्दै मारानाथाले पहिलो संस्करणको उपाधीमा आफ्नों नाम लेखायो । खेलको निर्धारित समय दुवै टिम गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो ।
लाईट न्युज मिडियादारा पोखरा रंगशालामा आयोजित प्रतियोगितामा प्रथम भएको मारानाथाले नगद रु ३५ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ भने उपविजेता चर्च ब्रर्दसले नगद रु २५ हजार, ट्रफी, मेडल सहित प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । खेलमा नयाँ गाउँ चर्च टिमले फेयर प्ले टिमको अवार्ड पाउन सफल भयो । चर्च ब्रदर्सका विजय भट्ट बेष्ट प्लेयर तथा मारानाथाका अन्जान क्षेत्री बेष्ट गोलकिपर हुन सफल भए । विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि आदर्श नेपाल राष्टिय दैनिकका प्रधान सम्पादक विनोद लामिछानेले पुरस्कार वितरण गरे ।
पुरस्कार वितरण गर्दै लामिछानेले स्वस्थ्य नागरिक र अनुशासित समाज निर्माणका लागि खेलकुदको महत्व भएको औल्याए ।
कार्यक्रमका विशेष अतिथी पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरेले पनि अन्य विधाका खेलाडीहरुलाई पुरस्कृत गरेका थिए । समारोहमा बोल्दै खेल संयोजक सुवास विकले कोरोनाले जवानहरुमा पारेको मानसिक असरबाट खेलाडीलाई केहि भएपनि राहत दिलाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । आयोजक समितिका तर्फबाट लाईट न्युजका प्रकाशक तथा प्रबन्ध निर्देशक बेदबहादुर लोप्चन तामाङले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगीप्रति कृतज्ञता जाहेर गरेका थिए ।