प्रधानमन्त्री केपी शर्मा ओली पद मुक्त, पाएनन् विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । संसदमा भएको भोटिङमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । विस्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री ओली पद मुक्त भएका छन् । संसदमा भएको मतदानमा प्रधानमन्त्रीलाई विस्वासको मतको पक्षमा ९३ मत खसेको छ । यस्तै विस्वासको मतको विपक्षमा १२४ मत खसेको छ । कुनै पनि पक्षमा नरही १५ जना संसदले टठस्थ मत खसालेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब वैकल्पिक सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नेछिन् ।
राष्ट्रपतिले संसदमा बहुमतको सरकार गठनका लागि दलहरुलाई आग्रह गर्नेछिन् । तोकिएको समयमा दलहरुले संसदमा रहेको कुल संख्याको बहुमत जुटाउन नसके पुन कुनै स्वतन्त्र सांसदलाई बहुमत जुटाएर आउन आह्वान गर्नेछिन् । त्यसपछि पनि सरकार गठन हुन नसकेमा राष्ट्रपतिले केपी शर्मा ओलीलाई फेरि संसदमा रहेको सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् ।
त्यसरी नियुत्त प्रधानमन्त्रीले ३० दिनभित्र विस्वासको मत लिनुपर्ने छ ।