पर्वत र स्याङजाका ५/५ जनामा कोरोना संक्रमण

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, २० जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार स्याङजा र पर्वतका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगे पुगेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० बर्षका ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि क्वारेन्टाइनमा रहेका २० बर्षिय १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।त्यसै गरी पर्वत जिल्ला, फलेबास नगरपालिका घर भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० बर्षिय २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ बर्षिय ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि हो ।
उनीहरु सबैलाई अहिले जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *