संक्रमित संख्या २ हजार नाघ्यो, थप २८८ जनामा कोरोना पुष्टि

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, जेठ २०। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९ जनामा संक्रमण देखिएको छ । यस्तै, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण भेटिएको छ । भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ ।
उहाँका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निको भएर डिस्चार्ज भएका हुन् । योसँगै कुल २६६ डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *