बेंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । सोमबार राति भएको आइपिएलमा खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ भने दोस्रो स्थानमा झरेको मुम्बई इन्डियन्सले समान खेलबाट ६ अंक बटुलेको छ।
सोमबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको गुमाएर १९६ रन जोड्यो। दिल्लीका लागि मध्यक्रमका ब्याट्सम्यान मार्कोस स्टोइनिसले नटआउट ५३ रन जोडे। उनले २६ बलमा ६ चौका र २ छक्का हिर्काए। शिमरन हेडमेयरले ७ बलमा नटआउट ११ रन जोडे।
त्यसअघि रिशव पन्त २५ बलमा ३७ रन तथा कप्तान श्रेयर इयर ११ रन जोडेर आउट भए। ओपनर पृथ्वी शाले ४२ तथा शिखर धवनले ३२ रन बनाउदा दिल्लीले राम्रो सुरुवात गरेको थियो।
बलिङमा बेंग्लोरका मोहमद सिराजले २ विकेट लिँदा इसुरु उडाना र मोइन अलीले १÷१ विकेट लिए। १९७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो। बेंग्लोरका लागि कप्तान विराट कोहलीले ४३ रन जोडे भने अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा दिल्लीका कागिसो रबाडाले ४ विकेट लिन सफल भए। एनरिच नोर्ट्जेको नाममा २ विकेट रह्यो। ४ ओभरमा १८ रन खर्चिएका अक्षर पटेलले पनि २ विकेट लिए। उनी प्लेयर अफ दि म्याच भए।
आइपिएलमा मंगलबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *