कोरोना अस्पताल पोखरामा एक जनाको मृत्यु
पोखरा, १९ जेठ । स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्कीको पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी २ हप्ताअघि भारतबाट आएका थिए । त्यसपछि क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो आएपछि उनी उपचारका लागि पोखरा आएका थिए । क्वारेन्टिन बसेर घर फर्किने क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएपछि अस्पताल प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य प्रतिष्ठानकाको प्रयोगशालामा पठाएको छ ।
मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै रहेको छ ।