कक्षा ११ को रिजल्ट प्रकाशित, ७८.६३ प्रतिशत उत्तीर्ण

पोखरा, चैत्र ४ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८।६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, छ एशियाली महिलासहित आठ जना मारिए

बिबिसी । अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी छ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ। अधिकारीहरूले तीनवटै घटनाका संलग्न रहेको […]

पुरा पढ्नुहोस् ...

ग्रामी अवार्ड २०२१: बियोन्से, टेलर स्विफ्ट र मेगन थीले इतिहास रचे

एजेन्सी। हालै सम्पन्न २०२१ को ६३औं ग्रामीमा गायिका टेलर स्विफ्ट, बियोन्से र मेगन थी स्टेलियनले इतिहास रचेका छन् । यी तीन गायिकाहरूले आफ्नो पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्डसहित इतिहास रच्न सफल बनेका हुन् । ३१ वर्षीय टेलरले ‘उत्कृष्ट एल्बम’को अवार्ड प्राप्त गर्दै, तीनपटक ‘उत्कृष्ट एल्बम’को अवार्ड प्राप्त गर्ने महिला गायिकाको रेकर्ड बनाएकी छिन् । […]

पुरा पढ्नुहोस् ...

कोरोना संक्रमण बढेकोले भारतको महाराष्ट्र, पञ्जाब र गुजरातमा पुनः लकडाउन

एजेन्सी, चैत्र २ गते । भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय […]

पुरा पढ्नुहोस् ...

भारतमा पुनः लकडाउनको सम्भावना, विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै

एजेन्सी । भारतको विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै गएको कारणले केहि ठाउँमा पुनः लकडाउनको सम्भावना रहेको छ । भारतमा कोरोना भाइरसको महामारी एक पटक फेरी बढेको छ । गत मार्च १० अर्थात दुई दिनदेखि सक्रिय संक्रमितको संख्या बढ्दै गएर १ लाख ८० हजारभन्दा बढि भएको छ । यस्तो अवस्थाका कारण विशेषज्ञहरुले अहिले कोरोनाको दोस्रो […]

पुरा पढ्नुहोस् ...

च्याम्पिएन्स लिगः बार्सिलोना बाहिरियो, लिभरपुल क्वाटर फाइनलमा

एजेन्सी । बुधबार राती भएको च्याम्पियन्स लिग अन्तर्गतको दोस्रो लिगमा स्पेनिस फुटबल क्लब बार्सिलोना फ्रेन्च फुटबल क्लब पिएसजीसँग पराजित भएको छ । गएरातिको खेल १–१ गोलले बराबरी भएतापनि ५–२ गोलको एग्रिगेटमा बार्सिलोना बाहिरिएको हो । खेलको ३० औँ मिनेटमा पाएको पेनाल्टीलाई पिएसजीका एम्बाप्पेले गोलमा परिणत गरे भने ३७ औँ मिनेटमा गोल गर्दै मेस्सीले खेललाई बराबरीमा […]

पुरा पढ्नुहोस् ...

म्यानमारमा सडकमा निस्कनेलाई तत्काल गोली हान्न सेनाको आदेश

एजेन्सी–सैनिक कू पछि म्यानमारबाट भागेर भारत आएका एक प्रहरीले सैनिकहरुले सडकमा निस्कने मानिसलाई तत्काल गोली हान्ने आदेश जारी गरेको बताएका छन्। शान्तिपूर्ण प्रदर्शनमा उत्रेका जनतामाथि गोली हान्ने सेनाको आदेश पछि आफू भागेर भारत छिरेको उनले बताए। भागेर भारत आउनेको संख्या एक दर्जन भन्दा धेरै रहेको छ । उनीहरुले आम मानिसको ज्यान लिने र उनीहरुलाई नोक्सान […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः युभेन्ट्स बाहिरियो

एजेन्सी । युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३–२ ले पराजित गरे पनि इटालियन क्लब युभेन्ट्स अवे गोलको आधारमा बाहिरिएको हो । घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ४–४ गोलको बराबरी नतिजा ल्याउँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । पहिलो […]

पुरा पढ्नुहोस् ...

म्यानचेस्टर युनाइटेडले सिटीलाई उसकै मैदानमा हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा सिटी युनाईटेडसँग २–० गोल अन्तरले पराजित भएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकरएक गोल गरे । खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरेका थिए भने खेलको ५० औं […]

पुरा पढ्नुहोस् ...

प्रतिवन्ध फुकवा भएपछि आज विप्लव सार्वजनिक

पोखरा, फागुन २१ गते । नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ । शुक्रबार विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ । विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सहयोगी सहित […]

पुरा पढ्नुहोस् ...

आंशिक लकडाउनलाई खुकुलो पार्ने जर्मन चान्सलरको घोषणा

एजेन्सी, फागुन १८ गते । जर्मनीका चान्सलर एन्जेला मर्केलले आंशिक लकडाउनलाई खुकुलो पार्ने घोषणा गरेकी छिन्। कोरोना भाइरसले आफ्नो मुलुकमा निकै प्रभावित पारेकोले बिस्तारै नियन्त्रणका लागि अपनाइएका उपायलाई खुकुलो पार्दै जाने योजना रहेको उनले बताएकी हुन्। उनले पाँच जनाभन्दा बढी जम्मा नहुने गरी मार्च ८ देखि दुई घरपरिवारबीच भेला हुन पाउने व्यवस्था गरिने समेत बताएकी […]

पुरा पढ्नुहोस् ...

असल छिमेकी नेपालद्वारा सामुदायिक इकाइ भवन हस्तान्तरण

सिरानचोक, गोरखा असल छिमेकी नेपाल, पोखराले पोखरेली खीष्टिय समुदाय पोखरा, सिरानचोक गाउँपालिका गोरखा तथा विभिन्न दातृनिकायको समन्वय तथा आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका, वडा न. १, भिरसिङ्गमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न गरी स्थानीय निकाय तथा लाभग्राही समुदायलाई हस्तान्तरण गरेको छ । फागुन ७ गते आयोजित हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङ, […]

पुरा पढ्नुहोस् ...

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सीलोनाको जित

एजेन्सी, फाल्गुन १६ । लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको मदतमा बार्सीलोनाले स्पेनिस लिग ला लिगामा सेभियालाई दुइ शून्य गोलले पराजित गरेको छ । सेभियाको मैदानमा भएको खेलमा बार्साले २९ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि उस्मान डेम्बेलेले मेसीको सहयोगमा गोल गरे । बार्सा डिफेन्डर क्लिमेन्ट लेङलेटको हेडर गोल अफसाइड भएको थियो । सेभियाका युसेफ […]

पुरा पढ्नुहोस् ...

इन्जेक्सनको विकल्पमा ट्याबलेट कोभिड खोपको लागि अनुसन्धान

एजेन्सी । इन्जेक्सनको प्रयोग हुँदै आएको कोरोना भाइरसविरुद्धको खोपमा अब ट्याबलेट समेत पाइने भएको छ । इन्जेक्सन लगाउन डराउनेहरूका लागि खोपमा इन्जेक्सनको सट्टा ट्याबलेट उपलब्ध गराउनेबारे वैज्ञानिकहरूले अनुसन्धान सुरू गरेका छन् । अक्सफोर्ड विश्विवद्यालयका वैज्ञानिकहरूले ‘इन्जेक्सन फ्रि’ खोपबारे अनुसन्धान सुरू गरेका हुन् । बेलायती सञ्चार माध्यम डेली मेलका अनुसार अक्सफोर्ड एस्ट्राजेनेका खोपको प्रमुख विकासकर्ता सारा […]

पुरा पढ्नुहोस् ...