म्यानचेस्टर युनाइटेडले सिटीलाई उसकै मैदानमा हरायो

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा सिटी युनाईटेडसँग २–० गोल अन्तरले पराजित भएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकरएक गोल गरे । खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरेका थिए भने खेलको ५० औं मिनेटमा लुकीसोले गोल गरेपछि युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।
जितसँगै युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ भने सिटीको २१ खेलको अपराजित यात्रा टुंगिएको छ । युनाईटेडले २८ खेलमा ५४ अंक जोडेको छ । सिटी २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै प्रिमियर लिग अन्तर्गत भएको अर्को खेलमा लिभरपुल फलहामसँग १ गोलले पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *