गण्डकी प्रदेशबाट कोभिड–१९ को एकै दिन ७० जनाको स्वाब परीक्षण

मुख्य समाचार समाचार स्थानिय समाचार

पोखरा । परीक्षण गरेको छ । मंगलबार गण्डकी प्रदेशबाट कोरोना भाइरस कोभिड–१९ को एकै दिनमा ७० जनाको नमुना संकलन गरेर परीक्षण गरिएको छ । यो सगँ गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० वटा नमुना संकलन गरेर परीक्षण गरीएको हो ।
परीक्षण गरेका मध्ये ४८ वटाको रिर्पोट आउन बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार १ सय ३० जनाको नेगेटिभ, २ को पोजेटिभ आएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा ८४ जनाको नुमना संकलन गरी परीक्षण गरेको छ । मनाङ, मुस्ताङ र नवलपुरमा अहिले सम्म कुनै संकास्पद नभेटिए पछि नमुना संकलन गर्न नपरेको शर्माले बताए । अहिले सम्म बागलुङका १८ जना, स्याङजाका ३० जना, पर्वत ३२, लम्जुङका ११ जना, गोरखा २ म्याग्दीका ३, तनहुँमा १ जनाको स्वाब परीक्षणका गरिएको छ । पोजेटिभ दुई जना नै बागलुङका रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *