लुका मोड्रिचले जिते बालोन डी ओरको उपाधि

खेलकुद मुख्य समाचार

क्रोयसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओर २०१८को उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । यसका साथै रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको राजलाई पनि मोड्रिचले तोडेका छन् ।
मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा एन्टोइन ग्रिजम्यान र चौथो स्थानमा केलियन एम्बाप्पे रहे । उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी भने एमबाप्पेले हात पारे । मेस्सी यसपटक पाँचौ स्थानमा रहे । मोड्रिचले कुल सात सय ५३ अंक पाए भने रोनाल्डोले चार सय ७६ र ग्रिजम्यानले चार सय १४ अंक प्राप्त गरेका थिए । त्यस्तै मोहमद सलाहले छैटौं स्थान प्राप्त गरे । सातौंमा राफेल भाराने र आठौंमा इडेन हाजार्ड रहे । केभिन डि ब्रुएन नवौं र ह्यारी केनले दशौं स्थान हासिल गरे । नेयमार शीर्ष दशमा पनि नपर्दा १२ औं स्थानमा रहे ।
विश्वकपमा आफ्नो देशलाई फाइनलसम्म पुर्याउनुका साथै रियल मोड्रिचले च्याम्पियन्स लिगको उपाधि दिलाउँदा महत्वपूर्ण योगदान दिएका ३३ वर्षीय मड्रिच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । करियरमा पहिलो पटक बालोन डी ओरको उपाधि जितेका मोड्रिचभन्दा अगाडी सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि उचालेका थिए । त्यसपछि लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिमा कब्जा जमाए । रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जिते भने मेसीले पनि बार्सिलोनाको सफलतामा साथ दिए । तर रुसमा सम्पन्न विश्वकपमा दुवै खेलाडीले फितलो प्रदर्शन गरे र नतिजा पोर्चुगल र अर्जेन्टिनाका कप्तानको भूमिकामा रहेका यी दुई खेलाडी ब्यालोन डी’ओर को प्रतिस्पर्धामा पछाडी परे । विश्वकपको प्रदर्शन उपाधिको छिनोफानो गर्न निकै महत्वपूर्ण कडी सावित हुँदै आएको छ । मोड्रीचले विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा पराजित भएपनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

३३ वर्षीय मोड्रीचले गत वर्ष क्लब फुटबलमा पनि प्रचुर सफलता हात पारे । रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो । पछिल्लो दुई वर्ष च्याम्पियन्स लिग विजेताको हकमा रोनाल्डोले ब्यालोन डी’ओर उपाधि हात पारेका थिए । यसपटका मोड्रीचले सो सफलता हात पार्दा उनको विश्वकपको प्रदर्शनले पनि बलियो साथ दियो ।
अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए । यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन् । यसैवर्ष देखि यो विधामा महिला तर्फको अवार्ड पनि रोखिएको थियो । कोपा ट्रफि अवार्ड केलीयन एम्बाप्पेले हात पारे । अहिलेसम्म यो अवार्ड रोनाल्डोले ५ पटक र मेस्सीले पनि पाँच पटक जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *