कोरोना भाइरसः कपिलबस्तु र रुपन्देहीका २५ जना निको भएर घर फर्किए

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, १९ जेठ । नयाँ संक्रमित थपिनेक्रमसँगै कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक भैरहवास्थित भीम अस्पातालबाट २५ जना निको भएर घर फर्किएका छन् । निको भएर फर्किएकाहरु मध्य धेरै जसो कपिलबस्तुका रहेका छन ।
यो संगै प्रदेश ५ मा यो संगै प्रदेश ५ मा उपचारपछि घर फर्किनेहरुको संख्या ७१ पुगेको छ । यो प्रदेशमा संक्रमितको संख्या पांच सय ५० छ ।
यसअघि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तरगत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ४ जना संक्रमीत आइतबार डिस्चार्ज भएका थिए । यसअघि पनि यही अस्पतालमा उपचार गरेका ११ जना सञ्चो भएर भर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *