चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को सहयोगमा बाँड्यो राहत
पोखरा, १७ जेठ । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । ‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा परेका समूहको पहिचान गरि हामीले घर घरमै पुगेर खाद्यान्न वितरण गरेका हौँ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाका अध्यक्ष अरुण गिरीले भने–‘आर्थिक सहयोग गरेर हामीलाई सपोर्ट गर्ने पोखरा नेपाल–यूके फाउन्डेशनलाई विशेष धन्यबाद ।’
त्यसो त संघले चलचित्र सम्बन्धि क्रियाकलापहरु गर्दै आएको थियो । तर लकडाउनको मारमा अहिले अति समस्यामा परेका व्यक्तिहरुलाई संघको विशेष पहलमा सहयोग गरिएको अध्यक्ष गिरीले बताए । ‘यो समयमा चलचित्र क्षेत्र पनि निकै प्रभावित छ । यद्यपि समस्या सबैतिर उस्तै छ । हामीले मानवियताको हिसाबले कुनै क्षेत्र नतोकी राहत वितरण गरेका हौँ । र, यो कर्मले हामीलाई समाजसँग अझै नजिकिने मौका पनि दिएको छ ।’ उनले भने ।
‘