पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, कार्तिक ६ गते । पोखराका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्की र तनहुँ २ जिल्ला गरि थप ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये ३० जना कास्की जिल्लाका रहेका छन् । जिल्लाको पोखरा महानगरपालिकामा थप ३० जनामा संक्रमण पुष्टि भएको हो । महानगरपालिका वडा नम्बर १०, ७ र १३ का २०, २१, २० बर्षका महिलाहरु अन्नपुर्ण अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन् ।
त्यस्तै तनहुँ व्यास नगरपालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५४ पुगेको छ ।