च्याम्पियन्स लिगः युभेन्ट्स बाहिरियो

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३–२ ले पराजित गरे पनि इटालियन क्लब युभेन्ट्स अवे गोलको आधारमा बाहिरिएको हो । घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ४–४ गोलको बराबरी नतिजा ल्याउँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा पोर्टोले युभेन्ट्सलाई २–१ ले हराएको थियो । खेलको १९औँ मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए । ५४औँ मिनेटमा पोर्टोका मेहेदी टेरेमी दुईवटा पहेलो कार्ड खाँदै मैदानबाहिर जाँदा पोर्टो १० खेलाडीमा समेटियो ।
६३औँ मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११५औँ मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई २–२ को बराबरीमा ल्याए । ११७औँ मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्ट्सलाई ३–२ को जित दिलाए । तर, युभेन्ट्स अन्तिम आठमा भने पुग्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *