गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्रीसँग सशुल्क उपचार गर्ने निर्णय सच्याउन आग्रह

आर्थिक मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, कार्तिक ७ गते ।सरकारले कोरोना संक्रमितले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेपछि चौतर्फि रुपमा आलोचना भयो । साथै एकपछि अर्को प्रदेशले संक्रमितको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरे । गण्डकी प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको निशुल्क उपचार गर्ने निर्णय ग¥यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार नै यसको घोषणा गरिसक्नुभएको थियो । तर अस्पतालले बिहीबार सूचना निकालेर संक्रमितको उपचार गर्दा शुल्क तिर्नुपर्ने र खाना खाजा व्यवस्थापनका लागि समस्या भए पहिल्यै नगद धरौटी राख्नुपर्ने जनाएको थियो । सोही कुरालाई लिएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

भेटघाटका क्रममा मुख्यमन्त्री गुरुङले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हट्न नहुने भन्दै निर्णय सच्याउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले यस विषयमा प्रधानमन्त्री पनि सकरात्मक देखिनुभएको र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संक्रमितको सशुल्क उपचार गर्ने भन्ने सूचनाबारे मुख्यमन्त्रीले अस्पतालका निर्देशकसँग कुराकानी गरेको कुराको जानकारी दिनुभयो । केन्द्र सरकारले निर्णय नसच्याए प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने छ । अस्पतालले कात्तिक ४ देखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी आफैले व्यहोर्नुपर्ने र खाजाखानाको व्यवस्थापन गर्न असमर्थ भए पहिल्यै धरौटी राख्नुपर्ने जनाएको थियो । अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले सूचना निकाले पनि अहिलेसम्म उपचार खर्च नलिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *