कोरोना भाइरसः निको हुने क्रम बढ्दो

अन्तराष्ट्रीय खबर मुख्य समाचार

एजेन्सी – विश्वभर कोरोना भाइरस सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् । यो तथ्यांक मृत्युदरभन्दा धेरै माथी हो । अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै कोरोना सङ्क्रमित भएका मध्ये १२ लाख ४१ हजार ९ सयभन्दा धेरै निको भएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ सयभन्दा धेरै निको भएका छन् । त्यसो त कोरोना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा १२ लाख ३७ हजार ६ सयभन्दा धेरै सङ्क्रमित भएकोमा ७२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् । जर्मनीमा एक लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा एक लाख ३५ हजारभन्दा धेरै निको भएका छन् । इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै र फ्रान्समा ५२ हजारभन्दा धेरै निको भएका छन् । कोरोनाको कारण विश्वभर दुई लाख ५८ हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ ।
नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएकोमा १६ जना उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *