बार्सिलोनाको जितमा मेसीले गरे जादुमयी प्रदर्शन

खेलकुद मुख्य समाचार

स्पेनिस क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले नेदरल्याड्सको पीएसभीलाई २–१ ले हराउँदै एक खेल अगावै समूह विजेता बन्दै प्रिक्वार्टर फाइनलमा स्थान बनाएको छ । नेदरल्याण्डको इन्दोभेनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लियोनल मेस्सी र जरार्ड पिकेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ६१औं मिनेटमा मेस्सीले बार्सिलोनलाई अग्रता दिलाए । मेस्सीले डेम्बेलेको पासमा गोल गरेका थिए । ७०औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २–० मा लम्ब्याए । उनले मेस्सीले मिलाइदिएको बललाई गोलमा परिणत गरे । ८२औं मिनेटमा लुक डि योङले पीएसभीका लागि गोल गर्दै बार्सिलोनाको अग्रता २–१ मा छोट्याएका थिए । तर, बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोना विजयी भयो । बार्सिलोनाले समूह बीमा १३ अंक बनाउँदै समूहको विजेता बनेको छ ।
समूह चरणको एक खेल बाँकी छँदा बार्सिलोनाले दोस्रो स्थानको स्पर्ससँग ६ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाको ५ खेलमा १३ अंक छ भने टोटेनहम र इन्टर मिलानको समान ७/७ अंक छ । १ अंक बोकेर पुछारमा रहेको पीएसभी प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसै समूहमा इंग्लिस क्लब टोटनह्यामले इटालियन क्लब मिलानलाई १–० ले हराउँदै नकआउट चरणका आशा कायमै राखेको छ । टोटनह्यामको जितमा क्रिष्टियन इरिक्सनले ८०औं मिनेटमा गोल गरेका थिए । एट्लेटिको मड्रिड मोनाकोलाई २–० ले हराउँदै नकआउट चरणमा स्थान बनाएको छ । समूह एबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि बेल्जियमको क्लब ब्रुगेसँग गोलरहित बराबरीमा रोकिँदै प्रिक्वार्टर फाइनलमा पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *