लिभरपुलमाथी पीएसजी विजयी

खेलकुद मुख्य समाचार

एजेन्सी– युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुललाई फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २–१ गोलको अन्तरले जितेको छ । पीएसजीका जुआन बर्नाट र नेयमार जुनियरले समान १÷१ गोल गर्दै पिएसजीलाई जिताए । खेलको पहिलो हाफको अन्त्यतिर लिभरपुलका जेम्स मिल्नरले पेनाल्टी मार्फत एक गोल फर्काए । खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीले खेलको १३औं मिनेटमा जुआनको गोलबाट अग्रता बनाएको थियो । बर्नाटले एमबाप्पेले दिएको क्रस पासलाई सदुपयोग गरेका थिए । ३७औं मिनेटमा पीएसजीले अग्रता दोब्बर पार्यो । नेयमारले एमबाप्पे र एडिन्सन काभनीसँग वान टु वान पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लिभरपुलले पेनाल्टी पायो । डि मारियाले साडियो मानेलाई बक्समा फल गरेको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिए । जसमा जेम्स मिल्नर चुकेनन् । खेल पहिलो हाफमा २–१ मा सकियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न नसक्दा पीएसजी २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै पीएसजी समूह ‘सी’ बाट पीएसजीले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पीएसजीले ५ खेलबाट समान २ जित र बराबर तथा १ हार बेहोर्दै ८ अंक जोडेको छ । समूह चरणको अन्तिम खेलमा पीएसजीले क्रेभेना जेभेजदासँग खेल्दैछ । यो खेलमा जित हात पारे पीएसजीले नकआउट चरणको यात्रा तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *