एल क्लासिकोमा मुख्य रेफ्रीका रुपमा मार्टिनेज
कार्तिक, ७ गते । एजेन्सी– स्पेनिस फुटबल महासंघ आरएफइएफ ले ला लिगामा शनिबार हुने ७ खेलका लागि रेफ्रीहरुको घोषणा गरेको छ । रियल म्याड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिकोको मुख्य रेफ्री जुआन मार्टिनेज मुनुएरा रहनेछन् । भिएआरमा भने जोसे मारिया सान्चेज मार्टिनेज हुनेछन् । मार्टिनेज मुनुएराले आफ्नो रेफ्री करियरमा २७ पटक रियलको खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका छन् ।
जस मध्य रियलले १८ खेल जितेको । ८ खेलमा बराबर र ४ खेलमा भने रियलले हार बेहोरेको छ । पछिल्लो पटक उनले रियल र रियल सोसिडाडविरुद्ध सिजनको पहिलो खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
त्यस्तै मार्टिनेजले बार्सिलोनाको २१ खेलमा रेफ्री गरेका थिए । जसमा बार्सिलोना १५ जित, समान ३ बराबर र त्यति नै हार बेहोरेको थियो । गत सिजनको अन्तिममा बार्सिलोना र लेगानेसबीचको खेलमा उनले रेफ्री गरेका थिए । जसमा बार्सिलोना २–० विजयी भएको थियो । मार्टिनेजले अहिले सम्म रियलका ५० खेलाडीलाई पहेंलो कार्ड देखाएका छन् । जेसस भालोजोलाई भने रातो कार्ड देखाएका थिए । त्यस्तै बार्सिलोनाका ४९ खेलाडीले उनीबाट पहेंलो कार्डको दर्शन गरेका छन् । ३८ वर्षे मार्टिनेज खेल रेफ्री गर्दा रियल र बार्सिलोनाले समान ५ पटक पेनाल्टी पाएका छन् ।