रुघा फ्लु वा कोभिड–१९ के हो र कसरी छुट्याउने ?

बिबिध मुख्य समाचार स्वास्थ्य

एजेन्सी । नाकबाट पानी बग्नु, घाटि दुख्नु र खोकी लाग्नु प्राय हिँउदमा भइरहन्छ । उसोभए कोभिड–१९ र रुघाखोकी शरिरको तापक्रम ३६.८ डिग्री सेल्सिएस भन्दा बढी भए तपाईले परिक्षण गराउनुपर्छ, किनभने ज्वरो कोभिड–१९ को एउटा लक्षण हो । त्यसैले परिक्षणको परिणाम नआएसम्म घरमा अलग्गै बस्नुपर्छ । फ्लु हँुदा पनि ज्वरो आउन सक्छ, तर रुघा लाग्दा हतपत ज्वरो आउंदैन । अन्य लक्षण बिना हाँच्छ्यिु आउँदा नि सम्भवत त्यो रुघाले हुनसक्छ, हाँच्छ्यिु गर्दा नाक छोप्नुहोस् र टिशु फालेर हात धुनुहोस । रुघाले नाक बन्द हुन वा नाकबाट पानि बग्न सक्छ । स्वाद र गन्घ हराउंनु कोभिड–१९को लक्षण हो ।
खोकिबारे चाँहि यसै भन्न सकिंदैन । कोभिड–१९ का बिरामीहरु घेरै खोक्छन, १ घण्टा भन्दा बढी, वा २४ घण्टामा ३ वा ४ चोटि खोकीले आक्रन्त बनाउँछ । यदि घेरैनै खोकी लागेको छ र सास फेर्दा पनि गाह्रो हुन्छ भने जाँच गर्नुहोस ।
हात धुनु, दुरी राख्नु र मास्क लगाउनाले कोभिड–१९ बाट पनि जोगाउछ्, भन्ने सम्झनुपर्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *