प्रतिवन्ध फुकवा भएपछि आज विप्लव सार्वजनिक

नेपाल मुख्य समाचार

पोखरा, फागुन २१ गते । नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ । शुक्रबार विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ ।
विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सहयोगी सहित उहाँ काठमाण्डौ लाग्नुभएको जनाइएको छ । उहाँ मुग्लिन कटेको र चितवनबाट प्रहरी स्कटिङ गरेको जनाइएको छ । उहाँ आज दिउँसो २ बजे सार्वजनिक हुने कायक्रम रहेको छ ।
सरकार र विप्लब समुहबिचको वार्तामा सहमति भए अनुरुप प्रतिवन्ध फुकुवा गर्ने निर्णय भएसँगै आज काठमाडौंमा विप्लव सार्वजनिक हुने कार्यक्रम रहेको छ ।
दिउँसो हुने कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्नुहुनेछ। सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने छ । सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै उनी सार्वजनिक कार्यक्रममा देखिनुभएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *