आंशिक लकडाउनलाई खुकुलो पार्ने जर्मन चान्सलरको घोषणा
एजेन्सी, फागुन १८ गते । जर्मनीका चान्सलर एन्जेला मर्केलले आंशिक लकडाउनलाई खुकुलो पार्ने घोषणा गरेकी छिन्। कोरोना भाइरसले आफ्नो मुलुकमा निकै प्रभावित पारेकोले बिस्तारै नियन्त्रणका लागि अपनाइएका उपायलाई खुकुलो पार्दै जाने योजना रहेको उनले बताएकी हुन्।
उनले पाँच जनाभन्दा बढी जम्मा नहुने गरी मार्च ८ देखि दुई घरपरिवारबीच भेला हुन पाउने व्यवस्था गरिने समेत बताएकी छिन्। प्रस्तावमा पुस्तक पसल, फूल पसल तथा बगैँचा केन्द्रहरूलाई छिट्टै पुनः सञ्चालनका लागि अनुमति दिइने जनाइएको छ। प्रस्तावलाई जर्मनीका १६ क्षेत्रीय सरकार प्रमुखले अनुमोदन गर्न बाँकी रहेको छ।