पाकिस्तानमा लकडाउन सोमबारदेखि खुल्ने

अन्तराष्ट्रीय खबर मुख्य समाचार

रासस । पाकिस्तान सरकारले आउँदो सोमबारदेखि लकडाउन खोल्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिनि बढिरहेतापनि देशको अर्थतन्त्रलाई बचाउनको लागि लकडाउन खुकुलो बनाउन लागिएको भनेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताउनुभएको हो ।
लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी वर्गको अवस्था नाजुक बन्नुका साथै देशको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताउनुभयो ।त्यसैले यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको बताइएको छ । प्रधानमन्त्री खानले शुक्रबार यस कुराको जानकारी दिनुभएको थियो ।
पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७ सय ३४ जना सङ्क्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ । ती पछिल्लो समयमा थपिएका सङ्क्रमितसहित यहाँका सङ्क्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९३५ जना पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट गएको २४ घन्टामा मात्र ९७ जनाको ज्यान गएको बताएका छन् । यहाँका ३२ हजार जनाभन्दा बढीलाई निको भएको बताइएको छ । यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *