नेपालमा कुल संक्रमित सङ्ख्या ३२३५ पुग्यो, निको कुल ३६५, थप दुई जनाको मृत्यु
पोखरा, जेठ २४ गते । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको जानकारी अनुसार नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौँका २ जना ,अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३, डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।
त्यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ । मृत्यु हुनेमा डोल्पाका ५८ वर्षका पुरुष जो दमको रोगी थिए र एकजना मृगौला रोगी महिलाको सेती अस्पतालमा जेठ २३ गते डाइलाइसिस गर्दैगर्दा दिउँसा करिब १२ बजे मृत्यु भएको छ उनमा सुरुमा कुनै पनि कोरोना भाइरसको लक्षण देखिएको थिएन । तर सेती अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको छ ।
नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ ।