गण्डकीमा ३८ संक्रमित थपिए , कुल १सय १३ पुग्यो

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, जेठ २५ । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।
स्याङजाको वालिङ नगरपालिका र भिरकोट गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखी ४५ वर्ष सम्मका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोविन्दु शर्माले जानकारी दिए ।
त्यसै गरी बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिकाका १७ देखी ४२ बर्ष सम्मका क्वारिन्टाइनमा बसेकालाई संक्रमण देखिएको हो । गोरखामा पहिले पटक संक्रमण देखीएको छ । गोरखाको पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकाको क्वारेन्टिनमा रहेका २० दखी ४५ वर्ष उमेर समुहका पुरुषलाई देखिएको शर्माले जानकारी दिए । त्यसै गरी हुम्सेकोट गाउँपालिकाका २० देखी ४५ वर्षिय पुरुषमा देखिएको छ । संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको उनले बताए । गण्डकी ११ जिल्ला मध्ये ९ जिल्लामा कोरोना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *