पोखरामा अब निषेधाज्ञा थपिदैन, आज अन्तिम दिन
पोखरा, भदौ १२ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब निषेधाज्ञा नथपिने बताएका छन । पोखरा महानगरपालिका सहित कास्की जिल्लाभरी लागेको निषेधाज्ञाको आज अन्तिम दिन हो । आज देखि निषेधाज्ञा थपिदैन ।
मेयर जिसीले आवश्यकता अनुसार जहाँ जहाँ सिल गर्नु पर्छ त्यही सिल गरेर अन्य ठाउलाई खुल्ला गर्ने नीति लिइने उनले बताए। भदौ २ गतेदेखि कास्की जिल्लाभरी गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिदैछ । मेयर जिसी भने यो निषेधाज्ञा जारी नगरेको भए स्थिति झनै भयावह भैसकेको हुने दावी गर्छन, उनी भनछन अब सजगता अपनाएर आर्थिक गतिविधि गर्न दिइन्छ । उनले निषेधाज्ञा हटे पनि अनावश्यक रुपमा बाहिर नहिड्न, सामाजिक दुरी कायम गर्नु र यसमा ध्यान दिन महानगरबासीलाई आग्रह गरेका छन ।