मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले सेभिल्लालाई हरायो

खेलकुद मुख्य समाचार

एजेन्सी । ला लिगा फुटबल खेल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको घरेलु मैदानमा बार्सिलोनाले ४–२ गोलको अन्तरले सेभिल्लालाई हराएको छ ।
पहिलो हाफसम्म सेभिल्लाले जिजस नाभासको १ गोलको मद्धतले अग्रता लिएता पनि उक्त अग्रतालाई थामिराख्न सकेन । खेलमा मेस्सीले एक उत्कृष्ट भलि गोल गर्दै खाता खोले खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । खेलको २२ औँ मिनेटमा विसाम बेन यड्डरको पासमा जेसस नाभासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै मेसीले इभमन राकिटिचको पासमा भलीमार्फत बराबरी गोल फर्काए ।

पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा सेभिल्ला पुनः अगाडी बढ्यो । पाब्लो सराबियाको पासमा ग्याब्रिएल मर्साडोले गोल गर्दै अग्रता बनाए । पहिलो हाफमा २(१ ले पछाडी परेको बार्सिलोनाकोले दोस्रो हाफमा ३ गोल फर्काउन सफल भयो । मेसीले ६७ औँ मिनेटमा ओस्मान डेम्बेलेसँग सहकार्य गर्दै बार्सिलोनाको लागि बराबरी गोल फर्काए । खेलमा ५ मिनेट समय बाँकी रहँदा मेसीले नै गोल गर्दै बार्सिलोनालाई खेलमा पहिलो पटक अग्रता दिलाए । उनले उत्कृष्ट चिप सटमा गोल गर्दै गोलरक्षकलाई झुक्याए । इन्ज्युरी समयमा मेसीकै पासमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
मेसीले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै करीअरमा ६ सय ५० गोलको आँकडा पनि पूरा गरे । उनले ५० औँ ह्याट्रिक पूरा गर्दा जारी सिजन लिगमा गोल संख्या पनि २५ पुर्याए । उनी सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहेका छन् ।
बार्सिलोना जितसँगै अंक तालिकाको शीर्ष स्थानमा १० अंकले अगाडी छ । बार्साको २५ खेलमा ५७ अंक छ भने एट्लेटिको २४ खेलमा ४७ तथा रियल २४ खेलमा ४५ अंक जोडेर शीर्ष तीनमा अटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *