मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

एजेन्सी । गएराति स्पेनिस ला लिगामा इल्चेमाथि ३–० को विजय हासिल गरेको छ। जीतमा कप्तान लियोनल मेस्सीले दुई गोल प्रहार गरेका थिए । जितसँगै बार्सिलोनाले शीर्ष क्लब एट्लेटिको मड्रिडसँगको दुरी पाँच अंकमा छोट्याएको छ। मेस्सीले ४८औं मिनेटमा फरवार्ड मार्टिन ब्रेथवाइटसँगको तालमेलमा गोल गरका हुन्। ३३ वर्षे मेस्सीले ६८औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए। मेस्सीले […]

पुरा पढ्नुहोस् ...

लिभरपुल एभर्टनसँग हार्यो, चेल्सी बराबरीमा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा अर्को हार बेहोरेको छ। लगातार हारको रेकर्ड बनाइरहेको लिभरपुलले गएराति पनि घरेलु मैदान एनफिल्डमा २–० गोलको हार बेहोरेको हो। लिभरपुलविरुद्ध पहिलो लेगको बदला लिँदै पाहुना टिम एभर्टनले दुई गोल गर्‍यो। एभर्टनको जितका लागि रिकार्लिसन र ग्युफी सिगुरडिसनले समान १–१ गोल गरे। रिकार्लिसनले खेलको […]

पुरा पढ्नुहोस् ...

लद्दाखमा भारतसँग चीनको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्विकार्यो

काठमाडौँ, फागुन ७ गते । गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले बताएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको पीएलए डेलीलाई उद्धृत गर्दै चीनले उक्त झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको हो । चिनियाँ सेनाले उक्त झडपमा परी मृत्यु भएका […]

पुरा पढ्नुहोस् ...

भागरथीकी आमा भन्छिन प्रहरीले समातेका युवक हत्यारा होइनन ।

बैतडी, फागुन ५ गते । बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै अन्दाजी १८ वर्षीय युवकलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रोपती भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका युवक हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छिन् । बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ्नुहोस् ...

आइपिएलः किङ्ग्स इलेवन पञ्जाबको नाम परिवर्तन

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० को फ्रेन्चाइजी किङ्ग्स इलेवन पञ्जाबले आगामी सिजनमा आफ्नो नाम बदल्दै १४ औँ सिजनबाट ‘पञ्जाब किङ्ग्स’ राख्ने घोषणा गरेको छ । यसका लागि टोलीले बीसीसीआई र आईपीएलको नियामक निकायसँग अनुमति पनि लिइसकेको छ । यद्यपि, नाम बदल्नु पर्ने कारणबारे पञ्जाबबाट कसैले आधिकारिक बायन दिएका छैनन् । मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीले […]

पुरा पढ्नुहोस् ...

म्यानमारमा प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्न सक्ने !

एजेन्सी, फागुन ४ गते। म्यानमारको सेनाले आफ्नो विरोध गर्ने प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल हाल्न सक्ने चेतावनी दिएको छ । सेनालाई अवरोध पुर्‍याएको खण्डमा प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने चेतावनी दिइएको हो । म्यानमारमा निरन्तर सैन्य कूको विरोधमा प्रदर्शन भइरहेको अवस्थामा सेनाले यस्तो चेतावनी दिएको हो । यसअघि म्यानमारका प्रमुख सहरमा सेनाका ठूला गाडीहरु देखिएको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको सानदार जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हासिल गरेको छ ।शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेसी र ट्रिन्काओको समान दुई गोल तथा जुनियर फिर्पोको एक गोलको सहयोगमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको सो खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता लिएको थियो […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री रोजगार कार्यक्रमः १५ हजारभन्दा बढी रोजगारीमा

काठमाडौं, फागुन २ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फागुन २ गतेसम्म […]

पुरा पढ्नुहोस् ...

आहा क्या सुन्दर झार्लाङ (भिडियो सहित)

गणेश हिमालको काखमा रहेको खनियाबास साविक झार्लाङ गाउँ प्राकृतिक रुपले अति नै धनि छ । लगभग १५०० देखि २००० जनसंख्या रहेको यो गाउँमा तामा र दलित समुदायको जनघनत्व रहेको छ । इसाई धर्मावलम्बीको बाहुल्यता रहेको यो गाउँमा मानिसहरु निकै मिहनेती रहेका छन । यहाँका मानिसहरु जिविको पार्जनका लागि कृषिमा निर्भर छन । स्थानिय सरकार आएपछि […]

पुरा पढ्नुहोस् ...

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि समर्थकबाट नाराबाजी

काठमाडौं, माघ २९ गते। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको घरमै नाराबाजी शुरु भएको छ । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न घरमै प्रहरी पुगेको हो ।अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुले रामकुमारी झाँक्री हाईहाई, केपी ओली बाईबाई भन्ने नारा गन्काएका छन् । नेतृ झाँक्रीलाई महानगरीय […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

एजेन्सी, माघ २९ गते । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ […]

पुरा पढ्नुहोस् ...

विपन्न चेपाङ समुदायलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

पाेखरा, माघ २७ गते । पोखरेली ख्रीष्टिय समुदायको सामाजिक पहलका रूपमा सामाजिक कार्य गर्ने उद्देश्यसहित स्थापित संस्था असल छिमेकी नेपालले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. २ का ८५ र वडा नं. ५ का पनि ८५ गरी कुल १७० परिवारलाई खाद्यान्न सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ । राहतका प्रत्येक घरपरिवारलाई लगभग ६,३४१ बरारको […]

पुरा पढ्नुहोस् ...

युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा

एजेन्सी। युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानलाई समग्रमा २–१ गोल अन्तरले पराजित गर्दै युभेन्टस फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र इन्टरले गोलरहित बराबरी खेलेका थिए । तर, पहिलो लेगमा निकालेको जितले युभेन्टस फाइनल प्रवेश गरेको हो । इन्टरको मैदानमा पहिलो […]

पुरा पढ्नुहोस् ...

कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य

काठमाडौँ, माघ २७ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो।यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक पद खाली थियो। लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेको भन्दै पुनः घिसिङलाई नै नियुक्ति […]

पुरा पढ्नुहोस् ...