रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि समर्थकबाट नाराबाजी
काठमाडौं, माघ २९ गते। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको घरमै नाराबाजी शुरु भएको छ । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न घरमै प्रहरी पुगेको हो ।अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुले रामकुमारी झाँक्री हाईहाई, केपी ओली बाईबाई भन्ने नारा गन्काएका छन् ।
नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको हो । यसअघि झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो ।झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरिफ्तारी दिने बताएकी छन् । उनले निवासमै पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘राजनीतिक मुद्दाका साथ सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं, पक्राउ पूर्जी लिएर आउनुस् अनि मात्र जान्छु भनेको छु ।’