सरकारी अस्पतालहरुमा कोरोना संक्रमण को परीक्षण र उपचार निशुल्क गरिने
पोखरा,२६ गते । नेपाल सरकारले कोभिड १९ संक्रमण को परीक्षण र उपचार गर्न छनोट गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ का लक्षण वा चिन्ह देखिएकाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्ने जानकारी दिएका हुन् । डा गौतमका अनुसार नेपाल सरकारले परीक्षण र उपचारका विषयमा गरेको निर्णय संशोधन गर्दै कोरोना परीक्षण र उपचार पुनः निशूल्क गर्ने निर्णय भएको जानकारी दिए ।
तर कोरोना बीमा गरेका व्यक्तिहरुको हकमा भने सबै परीक्षण र उपचार खर्च व्यक्तिको बीमा रकमबाट भुक्तानी गरिनुपर्ने पनि जानकारी दिए ।