एड्रिन देवानसँगै आराधनामा मग्न भयो पोखरा
पोखरा , चैत्र । ख्रीष्टमा एकताको उत्सव एकसाथ मनाउँ भन्ने उद्धेश्यका साथ ख्रीष्टियान जगतका बहुचर्चित गायक तथा आराधना अगुवा एड्रिन देवानसँगै पोखराका विभिन्न मण्डलीका विश्वासीहरु आराधनामा सामेल भएका छन । प्रशस्त जीवन मण्डली पोखराको आयोजनामा यहि चैत्र १६ गत सम्पन्न भएको आराधना कन्र्सटमा काठमाडौँबाट आएको कायरोस ब्यान्डले पनि आफ्नो प्रस्तुति दिएको थियो ।
शनिवार दिउँसो बिग्रदो मौसम अनि झरीमा रुझ्दै रुझ्दै भएतापनि थुप्रै मानिसहरु पोखराको सभागृह हलमा आराधना कार्यक्रममा सहभागी भएका थिए । अनुपा र शामुएल (पोखरेली ख्रीष्टिय युवा संगतिको नृत्य प्रतियोगितामा प्रथम समुह) को नृत्यबाट सुरु भएको कार्यक्रममा रामघाट चर्चकी रिना जलारी तथा बिना जलारीले पनि आफ्नो नाच प्रस्तुत गरेका थिए । इभान कुँवरको साथमा आएको कायरोस ब्यान्डले आफ्नो प्रस्तुति दिएपछि एड्रिन देवानले बाइबलका विभिन्न वचनहरुबाट उत्साह दिँदै आफ्ना गितहरु प्रस्तुत गरे । यशैया ४०ः२५–३१ पढेर गीत गाउन सुरु गरेका देवानले आफ्ना नयाँ तथा पुराना गीतहरु गाउँदै लगभग एक दर्जन गीतहरु गाउँदै उपस्थित सम्पुणलाई कहिले नचाए, कहिले सोचमग्न बनाउँदै आराधनामा डोर्याए । आफु पोखरामा कार्यक्रमको लागि पहिलोपल्ट आउन पाउँदा ज्यादै खुसी लागेको बताउने देवानले भने “प्रभुमा अझै आराधनाको गहिराईमा पुग्न हामीले पवित्रतालाई प्रेम अनि पापलाई घृणा गर्न सक्ने हुनुपर्दछ,” “आराधनाले तपाईको जीवनमा भएको हरेक बोझ हट्नुपर्दछ” ।
आराधना कन्सर्टमा कार्यक्रमको उद्धेश्य प्रशस्त जीवन चर्चका पाष्टर कपिल रसाईलीले प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन तिलक गुरुङले गरेका थिए ।