ग्राहकको लागि डिस्काउन्ट कार्डको सुविधा ल्याउँदै तोडा मार्ट
पोखरा, चैत्र २४ गते । सुन्दर नगरी पोखरामा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको रानीपौवा स्थित तोडा मार्टले आफ्ना ग्राहकको सुविधाको लागि छिट्टै नै नयाँ नयाँ सुविधाहरु थप्न लागेको छ ।
छिट्टै नै आफ्ना ग्राहकहरुका लागि २ देखि २० प्रतिशतसम्म छुट दिन तोडा मार्टले डिस्काउन्ट कार्ड उपलब्ध गराउने भएको छ ।
पोखराको महेन्द्रपुल वारी उक्त प्रकारको मार्टको आवश्यक्तालाई मध्यनजर गर्दे २० जना व्यक्तिहरुबाट बि.सं २०७६ मा पोखराको रानीपौवाबाट सुरु भएको मार्टले शिघ्र पोखराका २ स्थानमा आफ्ना शाखाहरु सञ्चालनमा ल्याउने जानकारी तोडा मार्टका प्रबन्ध निर्देशक चुडामान गुरुङले दिनुभयो ।
पोखरेली ख्रीष्टियानहरुले विशुद्ध रुपमा बाइबलमा आधारित भएर संचालनमा ल्याएको यस मार्टले इमान्दारिता, पारदर्शिता, मानवता र आत्मियतालाई जोड दिँदै आइरहेको छ । फाइदा भन्दा पनि बढी सेवामा केन्द्रित यसले होम डेलिभरी र चेन सप्लाईको माध्यमबाट ग्राहकको मन जित्दै आईरहेको छ ।
मार्टका निर्देशक गुरुङका अनुसार कर्पोरेट ब्रान्डिङमा आधार भएर अगाडी बढेको यस मार्ट केबल एउटा व्यापारिक केन्द्रमा मात्र सिमित नभई आगामी दिनहमा तोडा सहकारीबाट अगाडी बढ्दै, आफ्नै प्याकेजिङ, कृषि आधारित सेवा हुँदै आयात र निर्यातको काममा पनि अगाडी बढ्नेछ । साथै यसले सिक्ने, सिकाउने र कमाउन सक्ने बनाउने उद्धेश्यले विभिन्न तालिमहरु प्रदान गर्ने विदेशबाट फर्कनेलाई लगानी र कामगर्ने अवसर समेत दिनेछ ।
भेटघाट तथा अन्तक्रिया कार्यक्रम
तोडा मार्ट तथा तोडा बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा समुदायका व्यवसायी तथा संघ संस्थाका प्रमुखबीच एकदिने भेटघाट तथा अन्तक्रियात्मक कार्यक्रम आयोजना भएको छ ।
आर.सी कम्प्लेक्स लामाचौरमा आयोजित उक्त भेलामा तोडा मार्ट तथा सहकारीका अध्यक्ष राम चन्द्र तिमोथी, सन्चालक पा.गृष्म पराजुली, राजेन्द्र कुमार अधिकारी, चुडामान गुरुङ साथै पोखराका विभिन्न व्यवसायी, संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तोडा मार्टका निर्देशक तथा प्रबन्ध संचालक सि.एम गुरुङले तोडा मार्टको सुरुवात, सन्चालन तथा विशेषताको बारेमा बताउनु भएको थियो । त्यस्तै मार्टका संचालक राजेन्द्र कुमार अधिकारीले सहकारीको सुरुवातको विषयमा बोल्दै तोडाको आफ्नै दह्रिलो मुल्य र मान्यता भएको बताउँदै सबै व्यवसायी एक हुनुपर्ने कुरामा जोड दिनुभयो । बोल्ने क्रममा तोडा मार्टका म्यनेजर साजन परियारले मार्टले उपलब्ध गराउने सुविधा र सेवाको बारेमा जानकारी गराउनुभयो ।
उपस्थित व्यवसायी तथा संघ संस्थाका प्रमुखहरुसँग अन्तक्रिया गर्दै मार्ट तथा सहकारीका अध्यक्ष आर.सी तिमाथीले तोडा छिट्टै नै उत्पादन, वितरण र ब्रान्डिन्गमा जाने साथै आगामी दिनमा एक्सपर्ट तथा इम्पर्ट गर्ने योजनामा रहेको जानकारी दिनुभयो साथै छिट्टै नै नयाँगाउँ र लामाचौरमा मार्टको शाखा विस्तार गर्ने योजना रहेको पनि बताउनुभयो । उपस्थित सबैलाई उत्साह दिँदै सबैले वचन अनुसार नैतिकतामा रहेर काम गर्नुपर्ने र आगामी दिनहरुमा आफ्नो तर्फबाट व्यवसायीहरुलाई सक्दो सेवा गर्ने वाचा समेत गर्नुभयो ।