आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने
वैशाख १२ । स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ।
आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए। आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए।
आज भने सत्तागठबन्धन र नेकपा एमालेसहित गठबन्धनबाट उम्मेदवारी दिने तयारी छ। सत्तारूढ नेपाली कांग्रेसले भने महानगर र उपमहानगरमा मेयर तथा उपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन। केन्द्रीय संसदीय समितिले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।
वैशाख ३० मा स्थानीय तह चुनाव हुँदैछ।