भारतले टिकटक लगायत ५९ चिनियाँ एप सधैँका लागि बन्द गरिदियो

एजेन्सी । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ। यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने […]

पुरा पढ्नुहोस् ...

हिमाञ्चलका विद्यार्थीद्वारा असाहयलाई आर्थिक सहयोग

पोखरा, माघ १२ गते । पोखरा–८, अन्नपुर्णटोल स्थित हिमाञ्चल बोर्डिङ स्कुलका विद्यार्थीले असाहय व्यक्तिहरुको लागि करिब पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । लकडाउनले गर्दा विभिन्न आर्थिक समस्यामा परेका, अनाथ, सडक बालबालिका, वृद्धाआश्रमलाई सहयोग गर्दै आएका कृष्ण क्षेत्रीलाई एक सांगितिक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । क्षेत्री धेरै वर्षदेखि संगितिक क्षेत्रमा लागेको साथै […]

पुरा पढ्नुहोस् ...

६५ बालबालिकालाई न्यानो कपडा वितरण

पोखरा, माघ १२ गते । बढ्दो चिसोले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजरगरि विलिभर्स इस्टर्न चर्च समुदाय नेपालले गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका–८ सिमलचौरस्थित होप फर चिल्ड्रेनका ६५ बालबालिकालाइ ज्याकेट तथा मफ्लर वितरण गरेको छ । उक्त वितरण कार्यक्रममा विलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका विशप गोपाल क्षेत्री डायोसिसेन याजक सशीधर चपाई, याजक ख्रष्टिपावल तामाङ, […]

पुरा पढ्नुहोस् ...

विश्व रेकर्ड तोड्दै १४३ भू उपग्रह पृथ्वीबाट पठाइयो

एजेन्सी, १२ माघ । जनवरी ८ मा स्पेस एक्सको भारत प्रवेश पश्चात आइतबार स्पेस एक्सले आफ्नो १४३ वटा सेटलाईट एकैसाथ स्पेसमा पठाएर नयाँ स्पेस रेकर्ड कायम गरेको छ । केही समयको अन्तरालमा एक पछि अर्को गरी १४३ वटा सेटलाइटको उडानलाई सफल बनाउँदै रेकर्ड राखेको हो । सन् २०१७ को फ्रेबुअरीमा भारते एक साथ १०७ वटा […]

पुरा पढ्नुहोस् ...

माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं, माघ ११ गते । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते अर्थात् बुधबारबाट सुरु हुने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्नेहरुलाई खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका हुन् । यो अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मन्त्री त्रिपाठीको भनाई छ । माघ १४ गते बुधबार […]

पुरा पढ्नुहोस् ...

एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके द नेदरल्यान्ड्समा पक्राउ

बिबिसी । द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ। चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई द कम्पनीका प्रमुख भएको मानिन्छ। उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ। संसारमा सबैभन्दा बढी खोजी गरिएका […]

पुरा पढ्नुहोस् ...

आइतबारसम्म सबै प्रदेशमा पुग्ने छ कोरोना खोप

रासस माघ १० गते । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः थप २३२ संक्रमित, ८ को मृत्यु

माघ १० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् । २४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण भएको […]

पुरा पढ्नुहोस् ...

पब्जीले ल्यायो नयाँ फिचर, गेम थप सभ्य र रमाइलो हुने

एजेन्सी, माघ ९ गते । गेमरहरूले एकअर्काप्रति अस्वभाविक द्वेष वा पूर्वाग्राही भाव नराखुन् भन्ने उद्देश्यले लोकप्रिय मोबाइल गेम पब्जीले आफ्नो नयाँ अपडेटमा रेपुटेशन सिस्टम थप गरेको छ । पब्जीले आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको छ । ब्लगमा उसले भनेको छ, गेममा स्वस्थकर अन्तर्क्रियालाई कायम राख्नु हाम्रो उद्देश्य हो ।ब्याटलग्राउण्डमा खेलाडीहरुमा हानिकारक व्यवहार उचित हुँदैन । […]

पुरा पढ्नुहोस् ...

भारतले नेपाललाई दिएको खोपबारे थाहा पाउनै पर्ने यी कुराहरू

एजेन्सी । भारतले नेपाललाई दिएको खोप बिहीवार नेपाल आइपुगेको छ । संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ।नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन्। भारतको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र […]

पुरा पढ्नुहोस् ...

बिलिभर्स इस्टर्न समुदायद्वारा २१५ जनालाई ब्लाङकेट वितरण

पोखरा, माघ ९ गते । बढ्दो जाडोको मौसमलाई मध्यनजर गरि बिलिभर्स इस्टर्न समुदायद्वारा पूर्णकालिन रुपमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपालमा सेवारत २१५ जनालाई ब्लाङकेट वितरण गरिएको छ । भोगोलिक विविधताको आधारमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपाल अन्तर्गत सेवारत याजकहरु, डिकन फादरहरु तथा सेविकाहरुको आवश्यक्तालाई ध्यानमा राखी विभिन्न मिति र स्थानहरुमा वितरण गरेको पोखरा डायोसिसका विशप […]

पुरा पढ्नुहोस् ...

नेपालमै रासायनिक मल कारखाना स्थापना गरिने

काठमाडौं, माघ ८ गते । नेपालमा रासायनिक मल कारखाना स्थापना गरिने भएको छ। सरकारले त्यसका लागि तयारीसम्बन्धी गृहकार्य सुरु गरेको जानकारी दिएको छ। बुधबार सो सम्बन्धमा अर्थ मन्त्रालयमा छलफ भएको अर्थमन्त्रीका प्रेससंयोजक भुवन केसीले जानकारी दिए। उनका अनुसार मन्त्रालयमा रसायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा […]

पुरा पढ्नुहोस् ...

क्रिष्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड, जिते इटालियन सुपर कप

एजेन्सी, माघ ८ गते । वर्तमान फुटबल जगतका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलको इतिहास रचेका छन् । उनले फुटबल करियरमा सबैभन्दा बढी ७६० गोल गरेका छन् । उनले चेक–अष्ट्रियन स्ट्राइकर जोसेफ बिकानको ७५९ गोलको रेकर्ड तोडेका छन् । युभेन्ट्सलाई बुधबार राति इटालियन सुपर कप फुटबलको उपाधि दिलाउने क्रममा आफूले व्यक्तिगत रेकर्ड राखेका हुन् । बुधबार […]

पुरा पढ्नुहोस् ...

एक हजार निजी विद्यालय बन्द हुने जोखिममा

काठमाडौँ, माघ ७ गते । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरी […]

पुरा पढ्नुहोस् ...