पब्जीले ल्यायो नयाँ फिचर, गेम थप सभ्य र रमाइलो हुने

मुख्य समाचार विज्ञान तथा प्रविधि

एजेन्सी, माघ ९ गते । गेमरहरूले एकअर्काप्रति अस्वभाविक द्वेष वा पूर्वाग्राही भाव नराखुन् भन्ने उद्देश्यले लोकप्रिय मोबाइल गेम पब्जीले आफ्नो नयाँ अपडेटमा रेपुटेशन सिस्टम थप गरेको छ ।
पब्जीले आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको छ । ब्लगमा उसले भनेको छ, गेममा स्वस्थकर अन्तर्क्रियालाई कायम राख्नु हाम्रो उद्देश्य हो ।ब्याटलग्राउण्डमा खेलाडीहरुमा हानिकारक व्यवहार उचित हुँदैन । यसैले गेममा एकअर्कालाई मार्दा सबै कुरा मर्यादित र सभ्य होस् भन्ने चाहेर हामीले नयाँ रेपुटेशन सिस्टम ल्याएका छौं ।’
पब्जीमा ल्याइएको यो नयाँ रेपुटेशन सिस्टमले गेमरहरुलाई शुन्यदेखि पाँचको रेन्जसम्म रेपुटेशन लेभल प्रदान गर्दछ । जबसम्म खेलाडीले हानिकारक स्वभाव प्रदर्शन गर्दैनन्, तबसम्म यो रेपुटेशन स्वभाविक रुपमा बढ्नेछ । अश्लील शब्द प्रयोग गर्ने तथा म्याचलाई छोडिदिने जस्ता गतिविधिले रेपुटेशनलाई तल झार्ने पब्जी कर्पोरेसनको ब्लगमा उल्लेख छ । साथै पब्जीको शर्तलाई उल्लंघन गर्दा पनि रेपुटेशनको स्तर तल झर्नेछ ।
साथै यो पछिल्लो नयाँ १०।२ अपडेटसँगै गेममा नयाँ भिन्टेज स्पोर्ट कार पनि थप भएको छ । यसबाहेक कौप आरबी, डर्ट बाइक कुदाउँदै गर्दा मिडएयरमा रेन्डम स्टन्ट गर्न सकिने क्षमता पनि थप भएको छ । टेकपानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *