रक्तदान गर्दे फरक शैलीमा जन्मदिन मनाए प्रकाशले
मानिसको जीवनमा रगतको ठूलो महत्व छ । भनिन्छ रक्तदान जीवनदान हो । वर्तमान अवस्थामा पोखरामा रगतको अभाव भइरहेको अवस्थामा कसैको जीवन बचाउने सकारात्मक र उच्च सोचका साथ स्याङ्जा हरिनास–२ गैरीस्वाँरा घर भै हाल रत्नचोक पोखरा बस्दै आएका प्रकाश पोडेलले आफ्नो २६औँ जन्मदिनको अवसर पारेर रक्तदान गर्दै जन्मदिन मनाएका छन । यसभन्दा अघि पनि उनले आफ्नो जन्मदिनको अवसरमा यसरी नै रक्तदान गरी जन्मदिन मनाएका थिए । मंगलबार उनी क्षत्रीय रक्तसंचार केन्द्रमै पुुगी रक्तदान गरेका छन, उनी भन्छन “वास्तविक खुुसी र आनन्द भनेको नै अरुलाई सहयोग गर्दा र खुसी पार्द मिल्छ, हामी आफुमात्र फजुुल खर्च गरेर रमाइलो नगरी समाजमा भएका कमजोर तथा अभावमा भएका मानिसको जीवनलाई पनि आनन्दित बनाउनुुपर्छ ।”
उक्त कार्यको प्रशंसा गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका प्राविधिक प्रमुुख धुव्र लामिछानेले रक्तदानजस्तो महादान गरेकोमा पौडेललाई धन्यवाद दिँदै सबैले यस्तो उदाहरण पछ्याउनुपर्ने बताए ।
वास्तवमा आफ्नो जन्मदिनमा आफ्ना इष्टमित्र, साथीभाई तथा आफन्तहरुसँग मिलेर आफ्नो घर अथवा बाहिर जन्मदिन मनाउनुु नौलो कुुरा होइन । जन्मदिनका नाममा तडकभडक तथा फजुुल खर्च अनि बिकृति बढ्दै गइरहेको अवस्थामा, मानिसहरु आफुमा मात्र केन्द्रित भईरहेको बेला हामी क्षणिक आनन्दमा मात्रै सिमित नरहेर आज अरुलाई खुसी बाड्नुपर्ने समय आएको छ ।