चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा

एजेन्सी, माघ ७ गते । लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शुन्यका विरुद्ध दुई गोलले जीत निकालेको हो । यो जीतसँगै लेस्टर म्यानचेष्टर युनाइटेडलाई […]

पुरा पढ्नुहोस् ...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि

काठमाडाै, माघ ५ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन […]

पुरा पढ्नुहोस् ...

भारतमा सुरु भयो कोरोना खोप अभियान

नयाँदिल्ली, माघ ४ गते । भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज एम्स् का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बने । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाए । भारतमा हालसम्म १ […]

पुरा पढ्नुहोस् ...

कोरोनाः एक पटक सङ्क्रमित भएपछि ५ महिनासम्म फेरि सङ्क्रमित नहुने

पोखरा, माघ २ गते । एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ ।सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुने सम्भावना ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इङ्ग्ल्यान्डको एक अध्ययनले देखाएको छ। तर विज्ञहरूका अनुसार कोरोना भाइरसको सङ्क्रमण दोहोर्याएर हुनसक्ने […]

पुरा पढ्नुहोस् ...

चीनको वुहान पुग्यो डब्ल्यूएचओको टिम

एजेन्सी, माघ १ गते । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो । १० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, […]

पुरा पढ्नुहोस् ...

वैज्ञानिकको अर्को चमत्कार, बनाए सपना ह्याक गर्ने उपकरण

एजेन्सी, माघ १ गते। सपना हामी जहिल्यै दुई तरिकाले देख्छौँ । एउटा खुल्ला आँखाले र अर्को निदाएका बेला चिम्लिएका आँखाले । खुल्ला आँखाले देखेको सपनालाई हामी आफ्नो लक्ष्य बनाउँदछौँ र आफ्नो जीवनमा कहिल्यै नबिर्सिने गरेर राख्छौँ भने, निदाएको आँखाले देखेका आधा सपना उठ्दासम्म बिर्सिसक्छौँ । निदाएका आँखाबाट देखिएका सपना पनि हामीले धेरै मिहेनत गरेर वास्तविकतामा […]

पुरा पढ्नुहोस् ...

बाबुले घरमा आगो लगाए, दुई नाबालक छोराको मृत्यु

मान्म, रासस, पुस २९ गते ।कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा […]

पुरा पढ्नुहोस् ...

नेपाललाई रुसले दिनेभयाे २ करोड ५० लाख डोज कारोना खोप

एजेन्सी ।नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।विभिन्न मुलुकमा Sputnik v खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । […]

पुरा पढ्नुहोस् ...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे १५ अाै संस्करण फागुन १ गते हुने

पोखरा, पुस २८ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको उक्त म्याराथन विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी “ए” अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको छ। यो उसको लागातार तेस्रो जित हो । युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको […]

पुरा पढ्नुहोस् ...

पुसमै गर्मीको अनुभव

काठमाण्डौ, पौस २७ गते । दुई दिनदेखि काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा दिउँसो गर्मी अनुभव हुन थालेको छ । पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना तेस्रो स्थानमा उक्लियो

एजेन्सी । ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोलको अन्तरले हराएपछि अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानडालाई ४–० ले पराजित गरेको हो । उक्त सहज जितपछि बार्सिलोना फेरि तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको रियल […]

पुरा पढ्नुहोस् ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनामा निर्माण सम्पन्न हुने, रिट्ठेपानी डाँडा काटिँदै

पोखरा, पौष २४ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको ६ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा […]

पुरा पढ्नुहोस् ...

बिलिभर्स इष्टर्न समुदाय नेपालद्वारा राउटे परिवारलाई कम्बल वितरण

दैलेख, पौष २४ गते । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखमा बस्दै आएका ४५ राउटे परिवारलाई ४८ थान कम्बल वितरण गरेको छ ।समुदायले राउटे बस्तीमै पुगेर ४८ थान कम्बल बितरण गरेको छ । गुराँस गाउँपालिका ८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ राउटे परिवार चार दिन अघि बेसी झरेको खबर पाएपछि धरमपोखराबाट सुर्खेत चिङ्गाड […]

पुरा पढ्नुहोस् ...