वैज्ञानिकको अर्को चमत्कार, बनाए सपना ह्याक गर्ने उपकरण

मुख्य समाचार विज्ञान तथा प्रविधि

एजेन्सी, माघ १ गते। सपना हामी जहिल्यै दुई तरिकाले देख्छौँ । एउटा खुल्ला आँखाले र अर्को निदाएका बेला चिम्लिएका आँखाले । खुल्ला आँखाले देखेको सपनालाई हामी आफ्नो लक्ष्य बनाउँदछौँ र आफ्नो जीवनमा कहिल्यै नबिर्सिने गरेर राख्छौँ भने, निदाएको आँखाले देखेका आधा सपना उठ्दासम्म बिर्सिसक्छौँ ।
निदाएका आँखाबाट देखिएका सपना पनि हामीले धेरै मिहेनत गरेर वास्तविकतामा ल्याउने प्रयाश गर्दै आएका छौँ । तर आज हामी तपाईलाई यो आधुनिक युगको एउटा अनौठो रहस्यको बारेमा जानकारी दिनेछौँ ।
सपनालाई ह्याक गर्न सकिन्छ भन्ने खबर (can dream be hacked) सुन्दा तपाईलाई अचम्म त लाग्यो नै होला । कसरी सपना ह्याक गर्न सकिन्छ । यो खबर सुन्दा तपाईलाई आश्चर्य लाग्छ तर वैज्ञानिकहरुले सपनालाई ह्याक गर्ने डिभाइस बनाएका छन् । उक्त डिभाइसबाट अब कसैका पनि सपना ह्याक गर्न सकिने भएको छ । साथै डिभाइसको माध्यमबाटै सपनालाई कन्ट्रोल गर्न पनि सकिने भएको छ । एमआईटी वैज्ञानिकहरु यस टेक्नोलोजिमा काम गरिरहेका छन् । उक्त डिभाइरसबाट सपना ह्याक गर्नका साथै सपनालाई बदल्न पनि सकिने छ ।
केहि वैज्ञानिकहरुले भने निदाएको बेला देखिने सपनाले जीवनमा केहि असर नपर्ने बताएका छन् । सन् २०१७ मा लञ्च भएको एमआईटीको ड्रिम ल्याबको ओपिनियन भने फरक रहेको छ । वैज्ञानिकहरुले निदाएको बेला देखिने सपनाले वास्तविक जीवनमा पनि असर पर्ने बताएका थिए ।ड्रिम ल्याब रिसर्चर एडम होरोविट्ज, मानिसहरु आफ्नो जीवनको एक तिहाई समयमा आफूले आफूलाई र आफ्नो जिन्दगीलाई सपनाबाटै एक किसिमले एकदमै मजबुत बनाईसक्ने बताउँछन् ।
अहिले निर्माण भएको डिभाइसबाट सपनाको आवाज समेत रेकर्ड हुन वैज्ञानिकहरुको दाबी छ । रिसर्चका अनुसार निन्द्राबाट ब्युँझनु भन्दा पहिला Hypnagogia को बेला सेन्सर्सको माध्यमबाट सपना बदल्न सकिन्छ ।
इनपुट्सको प्रयोग पछि निन्द्राबाट उठ्नु भन्दा अगाडि त्यसको प्रतिक्रिया पाइन्छ । टेस्ट गर्दा यसबारे पोजेटिभ रिजल्ट आएको वैज्ञानिकहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *