बार्सिलोना तेस्रो स्थानमा उक्लियो

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोलको अन्तरले हराएपछि अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानडालाई ४–० ले पराजित गरेको हो ।
उक्त सहज जितपछि बार्सिलोना फेरि तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको रियल मड्रिड भने ओसासुनासंग गोलरहित बराबरीमा रोकिएको छ ।
ग्रानडाको मैदानमा भएको खेलमा बार्सिलोनाले तीन गोल पहिलो हाफमा गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो ।
खेलको १२औं मिनेटमै एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ग्रिजम्यानकै पासमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ४२औं मिनेटमा मेस्सीले प्रिकिकमा गोल गर्दै पहिलो हाफमै ३–० को अग्रता दिलाएका थिए । ६३औं मिनेटमा ग्रिजम्यानले नै व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को अग्रता बनाए । ७८औं मिनेटमा जेसस भालेजो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ग्रानडा १० खेलाडीमा समेटियो । तर बार्सिलोनाले गोल थप्न भने सकेन ।

जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट रियल ३७ अंकसहित दोस्रो स्थानमा छ । १५ खेलमात्र खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *