पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि

आर्थिक मुख्य समाचार

काठमाडाै, माघ ५ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन आयल कर्पोरेसन आइओसीबाट मूल्य अचाक्ली बढेर आएकाले यसपटक थेग्नै नसकेर मूल्य बढाउनुपरेको बताए । ‘पछिल्लो डेढ महिनामा हामीले नेपाली बजारमा इन्धन मूल्य समायोजन गरेका छैनौँ । यो अवधिमा प्रतिलिटर पेट्रोलमा ७।६१ रुपैयाँ, डिजेलमा ६।३९ रुपैयाँ, मट्टीतेलमा ६।०४ रुपैयाँ, हवाई इन्धनमा ६।९० रुपैयाँ बढेर आइसकेको छ । खाना पकाउने एलपी ग्यासमा १९।०६ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘यति ठूलो मूल्यवृद्धिलाई हामीले थेगेर उपभोक्तालाई मार पर्नबाट बचायौँ । यसपटक भने बाध्य भएर बढाएका छौँ ।’

मूल्य वृद्धिपछि भने इन्धन कारोबारमा आगामी १५ दिनमा ४९।८८ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *