बालबालिकालाई सम्पत्ति मात्र होइन तर आत्मियता र स्नेहको खाँचो छ

मनका कुरा मुख्य समाचार स्थानिय समाचार

 

स्वागत छ यहाँलाई
धन्यवाद ।
यहाँको दिनचर्या कसरी बित्दैछ, के गर्दैहुनुहुन्छ आजकल ?
बच्चाहरुकै विचमा ! भर्खर–भर्खर नयाँ सेसन सुरु, धेरै कुरा मिलाउनु पर्छ र साथसाथै आर्थिक वर्षको अन्तिम–अन्तिम भएको कारण यस वर्षको क्लोजिङका कुराहरु लिएर आउने वर्षका प्लानिङ्ग र बजेटिङका कुराहरु गर्दै गरेको छु ।

बच्चाहरुको कुरा गर्नुभयो, यहाँसँग कति बच्चाहरु छन्, कहाँ–कहाँबाट छन् ? र कस्ता पृष्ठभूमिबाट आएका छन् ?
हिमालयन लाइफ नेपालले तिन किसिमका बच्चाहरुका विचमा उनिहरुको सर्वाङिण विकासका निम्ति कामहरु गर्छ, समाजका बालबालिकालाई छुट्टि, बन्द र विदाको समयमा कार्यक्रमहरु गर्छ भने, स्कुलमा भएका विद्यार्थीहरुलाई खेलकुदका कार्यक्रमहरु चलाउँछ र सडकमा भएका बालबालिकाहरुको लागि गास,बास, कपास, शिक्षा, दिक्षा सबै कुराहरु गर्छ र अहिले हामीसँग हुने बालबालिका भनेको अरु बाहिरका बालबालिकाहरुको लागि हामीले आउछन् हामीकहाँ हामी सर्वाङिण किसिमका सेवाहरु दिन्छौ ४–५ घण्टाको कार्यक्रम दिन्छौ, ता कि उनीहरुको सामाजिक, शारिरीक, वौद्धिक, आत्मिक रुपमा विकासको होस् त्यो खालको कार्यक्रम दिन्छौ भने सडकका बच्चाहरुको निम्ति चाहि उनीहरुलाई हामी यही नै राखेर उनीहरुको हेरविचार गर्छौ । अब सडकको बच्चाहरु यहिबाट नै भन्ने छैन हामीले सडकबाटनै टिप्ने हो, सडकबाटनै ल्याउने हो । त्यसकारणले कोही बाग्लुङ्ग, कोही गोर्खा, कोही गुल्मी तिरका, कोही झापा तिरका छन् ।

यहाँको बाल्यकालको बारेमा केही बताइदिनुहोस् न ?
मेरो खासमा जन्म चाहि गोर्खा जिल्लाको केराबारी भन्ने गा.वि.सामा जन्म भएको हो र सानै उमेरमा नै फेरि बसाइसराईको क्रममा लमजुङ्ग जिल्लाको राईनास धमिलिकुवामा बसाईसराई भयो र हुर्कने क्रममा नौ कक्षासम्म त्यही नै पढें । त्यसपछि म दशकक्षा तथा एस.एल.सी चाहि स्याङ्गजा जिल्लाको गल्याङ्ग भन्ने ठाउँबाट गरे । २०४५ सालमा एस.एल.सी गरेपछि २०४६ साल देखि यहाँ म पोखरामा छु ।

कसरी सुरुवात भयो हिमालयन लाइफ नेपाल यसको धारणा बताइदिनुहोस् न ?
मैले २०४४ सालतिर प्रभु येशूलाई प्रभु र मुक्तिदाता भनेर चिन्ने मौका पाए त्यसपछि म पोखरामा २०४६ सालमा आएपछि नयाँगाँउ चर्चमा सेवासंगतिको लागि जान थाले ।

मैले हजुरलाई बिचमा नै रोके, त्यो क्षण बताईदिनुहास् न प्रभु येशूलाई कस्तो क्षण थियो, कस्तो परिस्थिति थियो, कसरी चिन्नुभयो ?
त्यो पञ्चायत कालको समय थियो, यो समयमा म ख्रीष्टियन थिइन् म चाहि एक किसिमको नास्तिक थिए । ईश्वर छैन भन्ने सोच,विचार र सिद्धान्त यो समयमा मेरो दाजुचाहि ख्रीष्टियन मेरो दाजुसँग बसेर एस.एल.सी लागि तयार गर्दै थिए । बेलामा ख्रीष्टियन हुन स्वतन्त्र थिएन् त्यो समयमा मेरो दाजुलाई ख्रीष्टियन भएको अभियोग लगाएर प्रहरी हिरासतमा राखियो, त्यसपछि फेरी अर्को दिन म त ख्रीष्टियन थिइन र दाजुहरुसँग पनि थिइन त्यो बेलामा मलाई पनि ख्रीष्टियन भनेर अभियोग लगाईयो तथा राखियो स्याङ्गजा जिल्लामा त्यहाँ भित्र बस्दा ८ दिनसम्म पुलिस कष्टडिमा बस्दा खेरि आठौं दिनमा अन्तिम दिनमा परमेश्वरले मलाई भेट्नुभयो जुन समयमा म ईश्वरै छैन भन्ने समयको थियो । म ख्रीष्टियन होइन भन्दा पनि मलाई बल जबस्थीसँग लगेर थुनियो जसको कारणले गर्दाखेरिमा म धेरै अल्लमल्ल अवस्थामा थिए । किनभने ख्रीष्टियन होइन तर ख्रीष्टियन भनेर दुःख दिएको छ पिडा दिर्र्ईएको छ त्यसकारणले गर्दा के हो त यो भन्ने सोचमा नै थिए । मेरो दाजुहरु र अरु दाजुहरु पनि हुनुहुन्थ्यो जो ठानामा हुनुहुन्थ्यो । उहाँहरुले चाहि परमेश्वरको बारेमा धेरै कुुरा बताईराख्नुभएको थियो तर मलाई त विश्वास थिएन तर अन्तिम दिनमा जब म सफाईको लागि पुलिस अफिसरहरुकोमा जानुप¥यो त्यो समयमा एक किसिमको अहिले मलाई थाहा भयो पवित्र आत्मा आउनुभयो अनि मलाई छुनुभयो मैले पनि त्यो समयमा पुलिस अफिसर भएको ठाउँमा मलाई जानु एकदमै डर लागेको थियो किनभने परिस्थिति फेस गरेको थिइन् तर जब त्यो ठाउँबाट भित्र छिरे एकप्रकारको शक्तिले मलाई छोयो अनि सो समयमा हप्काएर मलाई प्रश्न सोधियो के तँ ख्रीष्टियन होस् ? भनेर प्रश्न सोधियो त्यो बेलामा मैले सोचविचारै नगरीकन थाहै नभइकन हजुर म ख्रीष्टियन हुँ भन्न पुगेछु अनि त्यसपछि २–४ वटा के–के प्रश्नहरु सोध्नुभयो त्यसमा पनि त्यसरी नै उत्तर दिएको रहेछु । त्यसपछि त मलाई केही फिक्रि नै भएन जसले गर्दा त्यही घटनाले दाईहरुले विश्वास गरेको परमेश्वरचाही जिउँदो परमेश्वर हुनुहुँदो रहेछ उहाँहरुले भनिरहनुहन्थ्यो हामीले विश्वास गरेका परमेश्वरचाहि जिउँदो परमेश्वर हो अनि मैले विश्वास गरेको थिइन् अनि मैले त्यति खेर मैले थाहा पाए कि साँच्चै नै विश्वास गरेको परमेश्वर जिवित परमेश्वर हुनुहुँदो रहेछ । अनि पछि म फर्केर पुलिस कष्टडिमा आए पछि मैले दाईहरुलाई भने साँच्चै तपाईहरुले विश्वास गरेको परमेश्वरचाहिँ जिउँदो परमेश्वर हुनुहुँदो रहेछ अनि उहाँले मलाई छुनुभयो मैले उहाँको शक्ति थाहा पाएँ त्यसकारण अब मैले के गर्नुपछ उहाँलाई विश्वास गर्नलाई त्यसपछि दाईहरुले भन्नुभयो आफ्नो पश्चाताप गरेर प्रभु येशूलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गनुपर्छ मैले त्यहाँ नै प्रभु येशूलाई ग्रहण गरेर आफ्नो पुलिस ठानामा परमेश्वरको छोरा बनेर जिउन चाहन्छु मैले त्यहाँनै त्यही दिन देखि नै परमेश्वरको अनुग्रहमा छु ।

भनेपछि अब फेरी हिमालयन लाइफतिर जाँऊ, कसरी शुरु भयो यहाँले बताउदैहुनुहुन्थ्यो नि ?
विश्वास गरेपछि प्रभुको सत्यता प्रभुको शक्ति अलिबढि खोजि गर्न थाले प्रार्थनागर्न थाले, बाइबल अध्ययन गर्न थाले त्यसपछि अल्लमल्ल भएपछि खासै संगति पनि भएन पछि म पोखरा आएपछि यहाँ नयाँगाँउ चर्च जान थाले किनभने त्यो समय अलिअलि सम्बन्ध थियो यहाँ मेरो अरु दाईहरु पनि यहाँ हुनुहुन्थ्यो त्यसले गर्दा पनि यहाँ आउन थाले यहाँ आएपछि प्रभुमा एकदमै भोकाएको, तिर्खाएको अवस्थामा थिए जब म १६–१७ वर्षको उमेरमा । त्यसपछि म छिटै बालसंगतिमा आउन पाँए । त्यहाँ सिकाउनेहरु धेरै जना हुनुहुन्थ्यो बिदेशीहरु, डाक्टररु पनि हुनुहुन्थ्यो । उहाँहरुले बच्चाहरुलाई समय दिएको देख्दा बच्चालाई महत्व ठानेको देख्दा बच्चाहरुमा मिहेनत, परिश्रम गरेको देख्दा हामीले हाम्रो नेपालमा कसैले पनि यसरी समय दिएर बच्चाहरुलाई महत्वपूर्ण हो, हाम्रो बच्चालाई समयमा नै सिकाउनुपर्छ भनेर न त देख्न पाइयो न त भोग्न पाइयो न त सुनेको नै थियौ तर यहाँ आइसकेपछि जुन देखे त्यो देखेपछि मलाई कौतुहलता जाग्यो र धेरै प्रश्न सोधे उहाँहरुसँग सोधेपछि मलाई छङ्ग बनाउनुभयो कि आज बच्चाहरुलाई हामीले असल कुराहरु सिकाउन सकेनौ, असल बाटोमा सकेनौ एउटा असल सकेनौ भने पछि हामीले उनीहरुलाई असल व्यत्तित्वको रुपमा पाउन सक्दैनौ । त्यसकारण हामी परिश्रम गर्छौ । यत्ति व्यस्त डाक्टरहरु त्यो डेड दुई घण्टाको समय चाहि बच्चालाई दिन्थे । यसकारणले त्यो कुराले मलाई एकदमै प्ररित गर्यो । र मैले पनि बच्चाहरुको विचमा समय दिनुपर्छ र मपनि शिक्षा क्षेत्रको विद्यार्थी भएको हुनाले मेरो रहर थियो एउटा असल शिक्षक बन्ने ठूलो रहर पनि थियो र एकदमै मिल्न गयो । नयाँगााउ मण्डलीमा र आफ्नो बालसंगतिमा शिक्षकको रुपमा नै सामेल हुन थाले र यहि क्रममा नै बच्चाहरु प्रति एकदम महत्व प्रति हुँदै गयो, दिदै गए र मैले सिक्दै गए, सिकाउँदै गए र सिकेका कुराहरु, र पछि एकदमै धेरै प्रार्थनाको कुरा के थियो भने कि हामीले चर्चमा आउने विश्वासी परिवारका छोरा–छारीलाई मात्रै हामी राम्रा–राम्रा कुराहरु सिकाउथ्याँै, असल कुराहरु सिकाउथ्यौँ । एउटा धार्मिक रुपमा मात्रै होइन ख्रीष्टिय मतको कुरा मात्रै होइन एउटा जीवनकै कुरा जीवनमा नभई नहुने कुराहरु हामीले सिकाउँथ्यौ । अनि बाहिर जो विश्वासमा थिएनन, जो हाम्रो समाजमा भएका बालबालिका हुन्थे उनीहरु त त्यत्तिकै माटोमा समय बिताईराखेका हुन्थे, आफ्नै पाराले समय बिताउँथ्ये । अनि मलाई चाहिँ ति बच्चाहरुको ठूलो चिन्ता थियो । ति बच्चाहरुलाई पनि समयमा केही कुराहरु सिकाउन पाए उनीहरुले पनि भविष्यको लागि निर्माण गर्न सक्थे भन्ने मलाई लाग्दथ्यो र प्रभुसँग प्रार्थना पनि एकदमै म प्रार्थना गर्थे । तर पनि कुनै उपाय थिएन, मलाई केही पनि थाहा थिएन कसरी गर्ने, के गर्ने, के गर्नुपर्छ केही थाहा थिएन । तर त्यही समयमा परमेश्वरले एकजना परिवार स्वीटजल्यान्डको परिवार नेपालमा काम गर्ने परिवार पठाउनुभयो हाम्रो नयाँगाँउ चर्चमा त्यसपछि उहाँपनि बालसंगतिमा आउनुभयो । उहाँले हामीले बालसंगति चलाएको देख्नुभएको रहेछ, हेरिराख्नुभएको रहेछ त्यसको केही समय पछाडि उहाँले मसँग सोध्नुभयो, “चनमन, तपाईले भविष्यमा के गर्ने इच्छा छ ? के छ तपाईको बोझ, के छ तपाईको दर्शन, के छ तपाईको बोलावट ? अनि मैले भने, “मेरो हृदयमा त बालबालिकाको बोझ छ तर मसँग केही पनि उपाय छैन । विशेष गरेर विश्वास नगर्ने घरनाका, समाजका, देशका बालबालिको निम्ति उनीहरुलाई कसरी सर्वाङ्गिण रुपमा सक्षम बनाउने, अथवा केही न केही कुरा सिकाउने भन्ने कुरा मनमा छ तर मसँग केही पनि उपाय छैन ।” यति भनेपछि उहाँले मलाई एकदमै हौसला र साहस दिएर मसँग धेरै अनुभव छ यस्ता बालबालिका बिचमा २५ वर्ष काम गरेका छु । यदि तपाईको इच्छा छ भने हामी सँगै काम गर्न सक्छौ भनेर उहाँले भन्नभयो । त्यसपछि हामी प्रार्थनामा बस्यौ केही तालिमहरु भयो । उहाँको नाम चाहि दानिएल बुर्कि, उहाँचाहि स्वीजल्यान्डको हुनुहुन्छ । उहाँ नेपालमा ग्रामिण जलविद्युत हेर्ने इन्जिनियर हुनुहुन्थ्यो, उहाँ बुटवलमा बस्नुहुनथ्यो पछि बुटवलमा सर्नुभयो । पछि हाम्रो मन पनि एकदमै नजिक भयो र हामी सँगै भएर यो सेवकाई सुरु गरियो ।

यहाँले बालबालिकाहरुकै बिचमा सेवकाइ गर्र्दैगर्नुहुन्छ, यहाँको विचारमा बालबालिकाहरु को हुन् ? उनीहरुलाई हामीले कसरी निर्माण गर्नुपर्दछ ? कुन आधारमा, कुन जग तयार गर्नुपर्दछ ?
एउटै वाक्यमा भन्नुुपर्दा बालबालिकाहरु रित्तो भाँडो हुन् । हामीले त्यो रित्तो भाँडोमा समयमा नै ठिक कुरा हालेनौ भने त्यहाँ स्वतः नकरात्मक कुराहरुले भरिन्छ किनभने अध्याँरोलाई कुनै पनि परिश्रम गर्नु पर्दैन अध्याँरो आफै आउने कुरा हो । बारीमा झारपात, काँडाहरु आफै उम्रने कुरा हो यसलाई कुनै लगानी गर्नु पनि पदैन कुनै परिश्रम गर्नु नि पर्दैन । अनि यो रित्तो भाँडोमा हामीले समयमा नै एउटा जीवन बड्ने एउटा अन्नतका कुराहरु लिएर, प्रेमका कुराहरु लिएर, सत्यताका कुराहरु देखि लिएर, हाम्रा काम कर्तव्य र जिम्मेवारी देखि लिएर नैतिक शिक्षा देखि लिएर यि जती पनि सवौङ्गिण जीवनमा चाहिने कुराहरु हुन् । ती समयमा नै त्यो भाँडोमा भर्न सकेनौ भने पछिलाई गाह्रो हुन्छ, एउटा कुरा । अर्को कुरा, यदि त्यहाँ फोहोर चिज छ भने जति नै त्यहाँ सफा र राम्रो कुरा हाल्यो भने पनि त्यो दुषित नै हुन्छ । त्यसकारण पछि गएर बनाउँछु, पछि गएर सुर्धाछु, पछि गएर निर्माण गर्छु भनेर हामी भन्छौ भने हामीले दुःख पाउँछौ हामीलाई गाह्रो हुन्छ । त्यसकारण समयमा नै उनीहरुलाई हामीले असल शिक्षा दिन सक्यौ, असल बाटोमा डोर्याउन सक्यौँ, असल दृष्टि दिन सक्यौँ भने पछिका लागि राष्ट्रले एउटा असल नागरिक पाउँछ, परिवारले एउटा असल सदस्य पाउँछ, मण्डलीले एउटा असल सदस्य पाउँछ साच्चै नै देशले एउटा स्वतः जागरुक व्यक्ति पाउँछ ।

यो क्रममा परिवारको के–कस्तो भुमिका रहन्छ ?
परमेश्वरले १०० प्रतिशत त्यहाँ मात्र आशिष दिनुहुन्छ जहाँ हामीले केही गर्छौ, हामीले केही गर्दैनौ भने त्यहाँ परमेश्वरले आशिष दिनुहुन्न त्यो दायित्व हाम्रो हो । परिवारमा जुनसुकै बालबालिकाको जन्म हुन्छ बालबालिका आउछन परिवार भने त्यसको १०० प्रतिशत जिम्मेवारी बुवाआमाको हुन्छ, परमेश्वरको वेदीमा लानु, परमेश्वरको वचनको शिक्षा दिनु, परमेश्वरमा हुर्काउनु, शिक्षामा हुर्काउनु यहाँ अझ भन्ने हो भने शारिरीक रुपले ध्यान दिनु, मानसिक रुपले ध्यान दिनु, वौद्धिक रुपले निर्माण गर्नु, सामाजिक रुपले निर्माण गर्नु, क्रियटिभ रुपले निर्माण गर्नु, आत्मिक रुपले निर्माण गर्नुनै जिम्मेवारी बुवाआमाको हो । उहाँहरुको परिश्रममा उहाँहरुको समर्पणमा मात्रै परमेश्वरले आशिष दिने हो । उहाँहरुलाई बुद्धि चाहिए बुद्धि दिने, ज्ञान चाहिए ज्ञान दिने, आर्थिक चाहिए आर्थिक दिने यो त परमेश्वरले यसरी दिने कुरा हो तर हाम्रो गल्ती कहाँ नेर भईराखेको जस्तो लाग्छ भने परमेश्वरले गर्नुहुन्छ, परमेश्वरले दिनुहुन्छ ।

सडक बालबलिकाहरुको विषयमा कुरा गरौं । हजारौं बच्चाहरु अहिले सडकमा छन्, धेरै संस्थाहरु उत्थान कार्यक्रममा पनि छन् र यो सन्दर्भमा सरकारले पनि त्यति चासो लिएको छैन, मौन जस्तै छ । यहाँको बुझाईमा भनिदिनुहोस् कसरी बालबालिकाहरु सडकमा पुग्छन्, यसको भित्रि रहस्य के छ? कसरी उनीहरु साहाराविहिन हुन्छन् ?
सर्वप्रथम त के भन्दछु भने यो सबैले नै चासो लिएको विषय हो, सरकारले पनि केही चासो लिएको छ । तर यो कुरो कहाँनेरको कुरो हो भने हामीले कुनै पनि कुरा चासो मात्रै लिएर पुग्दैन, मैले अघिनै भनि सके कुनै न कुनै कुरा गरेर मात्रै परिवर्तन हुन्छ, गरेर मात्रै त्यसको नतिजा थाहा हुन्छ । नगर्दासम्म जति नै सुनौला शब्दमा लेखेता पनि जति असल शब्दहरु प्रयोग गरेतापनि, ठूला–ठूला शब्द प्रयोग गरेतापनि तर गराई भएको छैन भने कही पनि कुरामा परिवर्तन आउदैन । रुखको पात खस्नलाई नै हावा चल्नुपर्छ । त्यसकारणले छ, धेरैको मनमा छ, राज्यले पनि त्यो कुरा सोचेको छ, चिन्तन, मनन गरेको छ । अनि कदमहरु चालेको पनि होला, किनभने हामी यी सबै कुराहरु थाहा छैन । आफ्नो–आफ्नो ठाँउको कुरा हामीलाई थाहा हुन्छ, अर्काको कुरा हामीलाई थाहा हुदैन । कहिले–कहिले थाहै नभएको कुरा पनि हामी बोलिन्छ । अब त्यो पक्षलाई नछोइकन सडकमा बालबालिका आउनुको मुख्य कारण भनेको परिवारमा भएको समस्या, परिवारमा पहिलो कुरो त यो खानपिन यो लागुपदार्थ । जसले गर्दा परिवारमा राम्रो सम्बन्ध छैन, लडाँई–झगडा बढि हुन्छ, मारपिट बढि हुन्छ, वास्ता पुग्दैन । बालबालिकालाई त केवल वास्ता चाहिने हो उनीहरुले भविष्य त थाहा पाउदैनन्, उनीहरुको भविष्य भनेर त उनीहरुलाई थाहा हुदैन । म पढ्नु पर्छ, म राम्रो मान्छे बन्नुपर्छ, म असल मान्छे बन्नुपर्छ भन्ने बुद्धि त उनीहरुको त्यो ठाँउसम्म त पुगेको हुदैन । उनीहरुले त सिर्फ परिवारको, बुवाआमाको माया, ममता, वास्ता, न्यानो काख, न्यानो शब्द त्यो खोजेका हुन्छन् । घरमै समस्या छ, पहिलो कुरो त यो वैदेशिक रोजगारीको कारणले नै ठूलो समस्या आएको छ । किनभने एउटा बच्चालाई हुकार्उनलाई बुवा पनि चाहिन्छ र आमा पनि चाहिन्छ । भनिन्छ बुवाले जोशका कुरा सिकाउनुहुन्छ रे आमाले होसका कुरा सिकाउनुहुन्छ । आमा एक्लैले हुकार्उदा जोशका कुरा थाहा पाउदैन बच्चाले होशको कुराहरु मात्र थाहा हुन्छ । त्यसकारणले गर्दा किन एउटा स्त्री र पुरुष चाहियो किन एउटा बुवा र आमा चाहियो किन एउटा छोरा मान्छे र छोरी मान्छे चाहियो त्यसको रहस्य छ । उनीहरु दुवै जनालाई यो जिम्मेवारी दिइएको हो, बुवालाई पनि आमालाई पनि । हो, थाहा छ अभाव छ, खाँचो छ, गरिबी छ, त्यो आफ्नो ठाँउमा छ तर त्यसको कारणले बालबच्चा परिवार देखि बुवाआमादेखि अलग हुने चाहि राम्रो कुरा होइन । जब घरमा झगडा सुरु बच्चालाई डर उत्पन्न हुन्छ । अनि झगडा मात्र होइन, मारकाट नै कयौं चलेको छ परिवारमा । अनि आफ्नो जिम्मेवारी, आफ्नो दायित्व मैले बुझेअनुसार त हाम्रो देशमा धेरै व्यक्तिले, धेरै आमाबुवाले, धेरै अभिभावकले आफ्नो दायित्व बुझ्नु भएन । दायित्व यो मात्र बुझ्नुभएको छ कि पैसा कमाएर प्रशस्त लाउन, खान, बस्न व्यवस्था गरिदिए पुग्छ भन्ने सोच्नुभएको छ । मैले मेरो यो सडक बालबालिकाहरुको विचमा काम गर्ने क्रममा मैले बुझेको धेरै मान्छेले के भन्नुहुन्छ भने सडक बालकलाई खान पाउँदैनन्, लाउन पाउदैनन्, बस्ने ठाँउ छैन उनीहरुलाई खान दियो भने, लाउन दियो र बस्ने राम्रो ठाँउ दियो भने उनीहरु सजिलै परिवर्तन हुन्छन्, सजिलै फर्किनछन् भन्ने धेरैको सोच छ, यो गलत सोच हो । उनीहरुलाई खानाको ठूलो मत्लव छैन, उनीहरु चोरेर पनि खान्छन् , कुहेको पनि खान्छन्, सडेको पनि खान्छन्, सध्धे पनि खान्छन् , बिसध्धे खान्छन् उनीहरुलाई मतलव छैन । अनि लाउनको पनि मतलव छैन जस्तो पनि लाउछन्, सानो पनि लाउछन्, ठूलो पनि लाउछन्, मैलो पनि लाउछन् । बस्न उनीहरुलाई समस्या छैन, उनीहरु पेटीमा पनि सुत्छन्, रुखमुनि पनि सुत्छन्, गाडीमा पनि सुत्छन्, जहाँपनि सुत्छन् । उनीहरुलाई मतलव छ त वास्ता र मायाको मतलव छ । न्यानोपनको मतवल छ, मिठो शब्दको मतलव छ, न्यानोकाखको मतलव छ, दयालु हातको मतलव छ, दया, वास्ता र मायाको मतलव छ । धेरै परिवारमा, धेरै संघ–संस्थामा, धेरै ठाँउमा के भनिन्छ भने यहि कुराहरु गास, बास र कपासलाई प्रार्थमिकता दिएको कारणले नै त्यो ठूलो ठानेको कारणले बच्चाहरु ओजेलमा परेका छन् । त्यसकारणले यदि प्रेम छ भने खोले खाए पनि, आदि पेट खाए पनि समस्या छैन यदि प्रेम छैन भने चौरासी व्यञ्जन खुवाए पनि त्यहाँ सन्तुष्टि छैन । एउटा कुरा त्यो छ, अर्को कुरा यो दोस्रो विवाह गर्ने प्रवृत्ति त्यसले गर्दा खेरीमा बच्चाहरु हेलित भएका छन् । अनि उनीहरुलाई तृरस्कार गरिएको छ । अनि त्यसपछि अर्को कुरा बच्चाहरु पढ्न चाहन्छन् तर उनीहरुलाई समयमा खाना, समयमा लत्ताकपडा, समयमा कपिकलम,पुस्तक, समयमा स्कुल भर्ना, समयमा फि यस्ता कुराहरु छैनन् नभएको कारणले उनीहरु फ्रसटेसन हुन्छन्, उनीहरुलाई साथीहरुको विचमा गाह्रो हुन्छ, स्कुलमा समयमा फि नबुझाए पछि कक्षामा उनीहरुलाई टर्चर हुन्छन । धेरै कुरा छन् बालबहरु सडकमा आउनु अनि कोही–कोही बच्चाहरु हो, मुख्य त घरमा नै एउटा बालमैत्री वातावरण नहुनु, प्रेम नहुनु, वास्ता नपुगेको कारणले नै उनीहरु रोडमा आउछन् अनि रोडमा आउनु त्यत्ति सजिलो छैन । धेरै तृरस्कार, धेरै घृणा, धेरै संघर्ष गरेर अति भए पछि ।

अब यी सबै बच्चाहरुको लागि हामी कसरी जिम्मेजार बन्न सक्छौ त ? यदि सडक बालबालिकालाई कम गर्ने हो भने, बास्तविक समस्यालाइै सम्बोधन गर्ने हो भने कुन ठाँउमा हामीले ध्यान पुर्याउनु पर्छ ?
सडक बालबालिकालाई सम्बोधन गर्ने हो भने, पहिलो कुरो त बावुआमालाई जिम्मेवारी बोध गराउनुपर्छ । त्यो कसरी गर्ने त्यो सम्बन्धी निकायले नै भुमिका निर्वाह गर्नुपर्यो, त्यो खालको तरिकाहरु अपनाउनुपर्यो, त्यो खालको अवसरहरु ल्याउनुपर्यो । बच्चालाई मित्रता परिवार, परिवारिक वातावरण नै चाहिन्छ, बच्चा सिर्फ प्रेमले, वास्ताले ऊ हुर्किन्छ । अर्को कुरा भनेको उनीहरुप्रति हामी सबैको जिम्मेवारी छ । यहाँ धेरै विभेदहरु हुन्छन्, गरिब धनीका विभेदहरु हुन्छन्, पढे–लेखेका विभेद हुन्छन्, जातिय विभेद छन्, धार्मिक विभेद छन्, राजनैतिक विभेद छन्, लैङ्गिक विभेद छन् विभिन्न किसिमका विभेदहरु छन् जसले गर्दा खेरिमा एउटा स्वार्थी भावना लिएर मेरो बच्चा राम्रो छ अर्काको के मतलव, बाटामा हिड्नेको के मतलव, फलानो मेरो छिमेकीको के मतलव त्यो खालको जिम्मेवारीपूर्ण खालको भावना जबसम्म हामी हुर्काउँदैनौ तबसम्म हामीले सडकमा भएका अथवा बाटो बिराएका अथवा समस्यामा परेका बालबालिकालाई समाल्न सक्दैनौ त्यो मेरो पनि दायित्व हो किनभने असल त अन्तमा गएर हामी सबैको लागि हो । एउटा बालकलाई हामीले वेवास्ता गरिदिँदा ऊ भोली हाम्रो गाँउको, हाम्रो समाजको, हाम्रो सहरको गुन्डा बन्न सक्छ, डाँका बन्न सक्छ, हतियारा बन्न सक्छ, चोर बन्न सक्छ । अनि त्यो कसैले समाल्न सक्दैन, समाल्न नसकेपछि मेरो घर पनि चोरी हुन सक्छ, मेरो पनि हत्या हुन सक्छ, भोली मेरो परिवारमा मेरो छोरालाई पनि लिएर हिड्न सक्छ । यो हाम्रो लामो सोच छैन । यसको असरको बारेमा न त बाबुआमालाई, न त हामी सामाजिक व्यक्तित्वहरुलाई न छरछिमेकीलाई, न राज्यलाई त्यो हामी त्यो क्षेत्रमा नसोचिदिएको कारणले नै यो समस्या बढ्दै गएको छ, यदि हामी सबैले आफ्नो–आफ्नो तर्फ आफ्नो–आफ्नो क्षेत्रबाट गम्भीर प्रकारले सोचेर आफ्नो दायित्व सोचेर मात्र पुग्दैन् मैले अघिनै भने सानो कुरा जस्तै उदाहरणको लागि मेरो छिमेकीको बच्चा भर्ना भर्ना गरेर पढ्न पाएको छैन भने मैले भर्ना गरिदिँदा के बिग्रिन्छ, मैले १०००–१५०० खर्च गरेर स्कुलमा भर्ना गर्न म सक्दिन् र म सक्छु नि, अर्को उसलाई ड्रेस लिईदिन सक्छ नि त, अर्कोले उसलाई कपी–कलम किन्दीन सक्छ नि त यो हामी सबैले आफन्तले , इष्ट–मित्रले हामी सबैले नसक्ने कसैले गर्नु पर्दैन, सक्ने त हामीले गर्नुपर्छ । यदि हामी त्यो ग¥यौ भने ए बाबु भन्न सिक्यौ, यसरी खेल्ने होइन, यसरी बदमास गर्ने होइन भन्न सिक्यौ हामी सबैले । यो धेरै पहिला यस्तै थियो २०–३० वर्ष अगाडि समाजमा धेरै व्यक्तिहरुको दायित्वहरु, जिम्मेवारी थियो । मानिसहरुले त्यो बहन गर्थे र धेरै कम्तीमात्र मानिसहरु ब्रिगने सम्भावना थियो तर अहिले तर आफ्नो छोरा–छारीबाहेक आफ्नै दाजुभाईहरुको छोरा–छोरीको पनि मतलब गर्न छोडी सक्यौ जसले गर्दा त्यसको असर हामीले भोग्नु परेको छ ।

अहिले बाटो–बाटोमा धेरै बालबालिकाहरु, सानो–सानो बच्चाहरु पनि नसालु पदार्थहरु सेवन गरिरहेको भट्छौ । विभिन्न ठाँउहरुमा उनीहरु बिग्रिरहेको देख्छौ, मानिसहरु कसैले पनि कसैको वास्ता गर्दैन । हामी देख्छौ स्कुलको बच्चाहरु पनि स्कुल ड्रेसमै उनीहरु नसालु पदार्थमा रमाइराखेको, यो अवस्था एकदमै बिकराल छ । यसलाई हामी कसरी समाधान तर्फ जान सक्छौ ?
यस्तै छ, पहिलो कुरो त केन्द्रबिन्दु परिवार नै हो, समाज नै हो । किनभने मैले मेरो घरमा लागुपदार्थ खान्छु, जाँड–रक्सी खान्छु, चुरोट, भाङ–धतुरो खान्छु भने मैले बच्चालई नखाऊ भनेर उनी मसँग डराउने बेलासम्म मात्र हो नखाने, जुन दिन उसको पाखुरामा बल भरिन्छ त्यो दिनदेखि उसले खान थाल्छ किनभने उसलाई थाहा हुन्छ मेरो बुवा, मेरो आमा, मेरो दाई, मेरो दिदि जस्तै महान् ठूलो व्यक्ति यो संसारमा अरु कोही छैन् । उनीहरुको भावना त्यस्तो हुन्छ । त्यस्तो भावनाको समयमा उनी सानो हुदाँ नै उसले आफ्नो परिवारमा, आफ्नो छरछिमेकमा, आफ्नो आफन्तमा ति सबै देखी सके, भोगी सके भएन भनेर परिवारले नै सिकाएको हुन्छ चुरोट किन्न पठाउने, सल्काउन पठाउने, जाँड–रक्सी किन्न पठाउने, चाख्न पठाउने यो खालको विकृत्तिले अघि नै मैले भनिसके उनको रित्तो अवस्थामा नै खराब कुराले उनको हृदय भरिसकेको हुन्छ । उनको सोच भरिसकेको हुन्छ, उनको जीवन भरिसकेको हुन्छ अब त्यो भरिसकेपछि पछि जति नै राम्रो कुरा हालेपनि त्यो खराबले खराबनै बनाइदिन्छ । राम्रो कुरामा नराम्रो हाल्दा पनि नराम्रै हुन्छ र नराम्रोमा राम्रो हाल्दा पनि नराम्रै हुन्छ । यसकारण राम्रोलाई सधै जोगाउनुपर्दछ । यो चाहि हाम्रो दायित्व हो, हाम्रो जिम्मेवारी हो । झुट बोल्न घरमा बाबुआमाले सिकाउनुहुन्छ, लडाँई गर्न, झगडा गर्न बाबाआमाले सिकाउनुहुन्छ । यदि बच्चाले बदमास गरेर आयो भने उसलाई राम्रोसँग सिकाएन भने उसले त बदमास गरेकै होइन । एक किसिमले स्कुलबाट कसैको केही चिज लिएर आउछ भने चोरेर आउँछ भने उसको दृष्टिमा त उसले चोरेकै होइन नि किनकि उसलाई चोर्ने भनेकै थाहा छैन नि त्यो त बाबाआमाले सिकाउनुपर्यो नि । यो त चोरेको हो यो त नराम्रो कुरा हो यसले त हामीलाई त नराम्रो गर्छ, बाबु यो हामीले त गर्नु हुदैन अर्कैले गरेको पनि यो कुरामा हामी सहमति हुनु हुदैन भनेर सिकाउनु पर्ने ठाउँमा बच्चाले ब्यागमा के–के ल्याएर आयो स्कुलबाट बाबाआमालाई मतलबै छैन । लडेर आयो, ए…गएर अझै दाँत भाँच्दे भन्न सक्छौ हामी । लड्न हुदैन, झगडा गर्न हुदैन भनेर भन्नुको सट्टा त्यसलाई ठिक पारौँ भन्न सक्छौ हामी । किनभने हामी लामो दुरीमा सोच्दै सोच्दैनौ, हामी गम्भीर हुँदै–हुँदैनौ । हामीले भोलीको फलको आशा गदै–गर्दैनौ । एकैचोटि विरुवा लगाएको छैन, विरुवालाई ध्यानै दिएको छैन तर फलमात्र खोजेर पाइन्छ र ! पाइदैन । त्यस्तै भइराखेको छ, विना परिश्रम, विना दुःख असल फल प्राप्त गर्ने हाम्रो सपना । त्यसले यो समाज बिग्रिएका छन् र यसले बच्चा नि बिग्रिएका छन् ।

अहिले हिमालयन लाइफ प्लाष्टिक पनि सुरु भएको छ, यसको बारेमा केही बताईदिनुहोस् न ?
हजुर, हाम्रो यस हिमालयन लाइफ प्लाष्टिक चाहि नितान्त यो नाफा मुलक अथवा व्यापार यसबाट केही न केही कमाएर यो हिमालयन लाइफ नेपाललाई सस्टेन गर्नको निम्ति हो । भोलि यसलाई आवश्यक परेको आर्थिक कुरा सहायता गर्नको निम्ति र हामीसँग जति पनि छोराहरु हुर्किन्छन्, उनीहरुलाई अब धेरै छोराहरु सडकबाट उठेका छोराहरुको त शिक्षा पुग्दैन् । भोली बिशेष विभिन्न किसिमका जागिरहरु खानलाई त शिक्षा पुग्दैन् । उनीहरुलाई त सीप चाहिन्छ, बाँच्नु त पर्यो केही गर्नु त पर्छ । उनीहरुले फेरि समाजमा केही छिट्टै कामहरु पाउन गाह्रो पर्छ । समाजले स्वीकार गर्न गाह्रो छ, उनीहरु आफै समाजमा घुलमिल हुन गाह्रो छ । त्यसकारणले उनीहरुलाई एउटा सीप दिलाउनलाई, उनीहरुको लागि सक्षम बनाउनलाई, उनीहरुलाई आर्थिक रुपमा पनि टेवा पुर्याउनलाई र त्योबाट कमाईएको, त्यसबाट भएको आम्दानीले यस प्रोजेक्टलाई सर्पोट गर्नलाई हामीले त्यस प्लाष्टिक कम्पनी सुरु गरेका हौ ।

सडकबाट निस्केका बच्चाहरुलाई कस्तो खालको तालिम दिदै हुनुहुन्छ ? कुन–कुन क्षेत्रमा काम गर्छन उनीहरुले ?
सडकबाट सुध्रिएर अध्ययनमा अथवा पढाईमा लाग्नेहरु हामीसँग ३५ जना छन् । २ जना बाबुहरु नौ कक्षामा पढ्छन् भने अरुहरुबाबु चाहि छ कक्षासम्म पढ्छन् । अनि अरु हामीसँग २० जना जति बाबुहरु काम गर्छन विभिन्न तालिमद्वारा काम गर्छन । अब आफ्नो खुट्टामा उभिन सक्ने अवस्थामा पुग्ने अवस्थामा छन् । र अझै धेरै सम्पर्कमा भएका ३०–३५ जना बाबुहरु सडकमै छन् । विस्तारै हामीले उनीहरुसँग समय बिताउदै छौँ। उनीहरुलाई विस्तारै परामर्श दिदैँ छौँ उनीहरुलाई विस्तारै सुध्रिने मौका दिँदै छौँ । हामी कहिले पनि कसैलाई करकाप गर्दैनौ, हाम्रो सिस्टम कस्तो छ भने सुरुमा हाम्रो सडकमा नै सेन्टर छ, उनीहरुलाई त्यो सडकमा जो–जो सडकमा बस्छन् । उनीहरुलाई पहिले नै नाम टिपोट गरिसकेका हुन्छौ, को–को सडकमा बस्छन् अनि उनीहरुको लागि भनेर हामीले सेन्टरहरु खोलेका छौ बसपार्कमा यातायातको नजिकै । त्यहाँ उनीहरु आउँछन्, उनीहरुसँग बस्ने, भलाकुुसारी गर्ने, गाउने, बजाउने, कथा सुनाउने, आफ्नो जीवन कथाहरु भन्ने, यो लागुपदार्थका असरहरु सबैकुराहरु बताउने र न्वाई–ध्वाई पनि सम्भव भएसम्म गर्ने गर्छौ र त्यहाँ एक छाक खाना पकाएर खुवाउँछौ । किनभने उनीहरु लागुपदार्थहरु, गम, चुरोटहरु, फोहोर–मैला बढि प्रयोग गर्ने भएको हुनाले उनीहरुको शरीर कमजोर हुन्छ । त्यो शरीर कमजोर नहोस्, उनीहरु सानैमा मृत्यु भोग्न नपरोस् भनेर हामीले पौष्टिक तत्वले भरिएको खाना अलि बढि कोसिस गर्छौ । जसरी–तसरी सानो उमेरमा उनीहरु बचाउने ताकि भोली उनीहरुले कम्तीमा पनि लेबर काम गरेर भए पनि खान सकुन् भन्ने उद्देश्यको साथमा हामीले खाना बनाएर खुवाउँछौ । त्यहाँ महिनौ–वर्षौ उनीहरुसँग बसेर धेरै कुरा गरिसकेपछि परामर्श गरिसकेपछि मात्रै उनीहरु मौका पाए म परिवर्तन हुन्थे, म सडकमा बस्ने थिईन भनेपछि यहाँ हामीले यहाँ सेन्टर छ, सेन्टरमा बस्न, खान, सुत्नको व्यवस्था सरसफाई, खेल उनीहरुले अरु के पढाई बाहेक अरु के गर्न सक्छन् भन्ने पनि कुराहरु हामी गर्छौ । अनि त्यो कुरा गरिसकेपछि यहाँ आएर उनीहरु परिवर्तन हुने क्रम उनीहरुलाई लामो समय लाग्छ यो छिटो, छोटो, निति–नियमले काम गर्दैन उनीहरु यो अभ्यास गरेरै यो सिक्ने हो । गरिसकेपछि परिवर्तन भएका बाबुहरुको लागि दुईवटा बाटो छ, सानो बाबुहरु जो स्कुल जान चाहन्छन्, स्कुल प्रति चासो छ र स्कुल जान मिल्छ सानै उमेरका छन्, उनीहरु सक्छन् भने हामीले उनीहरुलाई स्कुलको व्यवस्था गर्छौ र उनीहरु सक्दैनन् र ठूलो छन् १६, १७ र १८ वर्ष पुगेका छन् भने र उनीहरुलाई अब तालिम, कुनै न कुनै सिपमुलक तालिममा उनीहरुलाई हामी संलग्न गराउँछौ । त्यो हाम्रै तालिम चाहिन्छ, हाम्रै हिमालयन प्लाष्टिकमा प्लाष्टिक उद्योगमा,कम्पनीमा काम मात्रै होइन, कसरी रि–साईकिलिङ्ग गर्ने काम मात्रै होइन हामीले त्यहाँ वेल्डीङ्ग, इलेक्ट्रकल्स, मेकानिकल, फरनेसिङ्ग, प्लम्बरिङ्ग यो सबै तालिम छ हाम्रो । दुई–दुई महिनाको तालिम छ, उनीहरुलाई त्यो तालिम दिन्छौ । तालिम दिईसकेपछि उनीहरु कुन क्षेत्रमा सक्षम हुन्छन् त्यही क्षेत्रमा हामी उत्साह दिन्छौ, त्यही क्षेत्रमा अझै तालिमको व्यवस्था, अलिकति सर्टिफिकेट प्राप्त गर्ने खालको तालिममा अझै अगाडि बढाउँछौ र यसरी उनीहरुलाई चाहना अनुसारको काममा हामी सहभागी गराउँछौ ।

अब अन्तिमतिर आउन लागेका छौ, अन्तिममा यहाँले जति पनि अभिभावकहरु छन्, जसका बच्चाहरु छन् र अभिभावहरुले हुर्काउदै छन्, उनीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ? कसरी यो देश निर्माणमा बच्चाहरु जुट्न सक्छन् ? कसरी उनीहरु असल नागरिक बन्न सक्छन् ?

म सम्पूर्ण अभिभावक ज्युहरुलाई के अनुरोध गर्न चाहन्छु भने हामी सबैले यो नठानौ हामीले सजिलैसँग हाम्रो काखमा, हाम्रो हातमा, हाम्रो परिवारमा बालबालिका आएका छन् भनेर नसोचौ यो ईश्वरबाट पाएको इनाम हो, बरदान हो, दान हो, उपहार हो । अनि एकदिन हामी आमाबाबुहरुले नै सृष्टिकर्ता परमेश्वरलाई यसको हिसाब बुझाउनु पर्छ त्यो त हामीलाई हुर्काउनलाई जिम्मा दिएको मात्रै हो । यसकारण त्यस प्रति बालबालिकालाई ठीक प्रकारले हुर्काउनलाई सम्पूर्ण बुवाआमाहरु सचेत भईदिनुहोस् र त्यसमा सारा हृदय, सारा प्राण, सारा शक्ति र सारा समझ लागेर एउटा असल व्यक्ति निर्माण गर्ने उद्देश्यमा लागिदिनुहोस् भनेर अनुरोध गर्छुु, एउटा कुरा । दोस्रो कुरा, बालबच्चाको निम्ति लामो समय दुःख गर्नु पर्दैन । १०–१५ वर्ष अथवा २० वर्ष बढीमा २० वर्ष हो दुःख गर्ने । यदि हामीले एकदमै आफैले दुःख उठाएर, दुःख गरेर राम्रो वातावरण सिर्जना गरेर हामीले आफ्नो बालबालिकालाई हुर्काउने हो भने २० वर्ष पुग पछि हामीले हेर्नु पर्दैन उनीहरु आफै सक्षम हुन्छन् । यदि उनीहरुलाई हामीले समयमा नै असल संस्कार दिन सक्यौ, असल सीप र शिक्षा दिन सक्यौ र असल, सकरात्मक सोच र विचार दिन सक्यौ र एउटा जीवनको महत्व बुझाउन सक्यौ भने त्यसपछि हामीलार्ई गाह्रो हुदैन र अर्को अनुरोध के गर्न चाहन्छु भने धेरै बाबुआमाको सोच चाहि छोराछोरीको निम्ति घर, जग्गा, जमिन र नाति–पनातिसम्मलाई सम्पत्ति जम्मा गरेर राख्दिन सक्यो भने त्यो सफलता हो भनेर भन्नुभएको छ त्यो चाहि एकदमै त्यसले कोही पनि व्यक्ति बनाउँदैन । बरु बिर्गान सहायता गर्ला तर मानिस सर्पानलाई त्यसले सर्पोट गदैन त्यसकारण त्यति साह्रो पछाडिको कुरामा आफ्नो सोच–विचार, ध्यानलाई समर्पित गरेर अहिले सुरुमा आफुले गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट टाढा नहुनुहोस् भनेर अनुरोध गर्न चाहान्छु । किनभने त्यो बच्चाको लागि भोली जग्गा, जमिन त्यो बच्चाको लागि हो बुबाआमाले गर्ने तर त्यो बच्चै राम्रो बनिदिएन भने त्यसको केही पनि अर्थ भएन तर बच्चै बनाईदियो भने त्यस्ता जग्गा, जमिन र घर त आफैले गर्छ नि, होइन र ! त्यसो भएको कारणले म के अनुरोध गर्न चाहे भने प्रत्येक बालबालिकालाई अथवा छोराछोरीलाई शिक्षा, सिप, संस्कार, सम्बन्धमा, विश्वासमा बलियो बनाउन तिरमा लागौं न कि भौतिक सम्पत्ति धन,दौलत, मान, इज्जत भन्दा यो पक्षमा बढि परिश्रम गरिदिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु । त्यो मात्र नभएर मेरा बच्चा छैनन् के रे अर्काको जे सुकै होस् भन्ने भावना कसैले पनि नराखौ आज जोसुकैको बच्चा भएपनि भोलि बिग्रयो भने त्यसले मलाई पनि असर पार्छ , मेरो घरलाई असर पार्छ, समाजलाई असर पार्छ, वातावरणलाई असर पार्छ, मेरो देशलाई असर पार्छ त्यसकारण आज मेरो पनि दायित्व छ भनेर हामी सबैले सचेतको साथमा सजग हुदै त्यस्ता बालबालिकाहरुलाई समाल्नलाई, हुर्काउनलाई साथ र हात दिऔ । यहि नै मेरो अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *