बुटवलमा गायन तथा नृत्य प्रतियोगिता २०७५, सीजन थ्री सम्पन्न ।

मनाेरञ्जन मुख्य समाचार समाचार सुसमाचार

नाच्दै,गाउदै परमप्रभुको महिमा गर (भजन संग्रह १४९ः३)अनुसार ख्रीष्टियन जवान संगती (CYF) बुटवलले नृत्य तथा गायन प्रतीयोगीता २०७५, सिजन ३ को आयोजना गरेको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि प्रतिस्पर्धिहरु निकै उत्साहित थिए । २०७५ जेष्ठ १९ गते भएको छनोट चरणको प्रतियोगितामा गायनतर्फ २० जना र नृत्यतर्फ ६ जोडी प्रतीस्पर्धीहरु रहेका थिए भने छनोट चरणमा गायनतर्फ उत्कृष्ट १० जना र नृत्य तर्फ उत्कृष्ट ५ जोडी छनोट भई सेमी फाईनलमा प्रबेश गर्न सफलभएका थिए ।असार २ गतेको सेमिलफाईनलको प्रतिस्प्रर्धामा नृत्यतर्फ सुनिता बि.क. र सुस्मिता नेपाली, माईकल कुँवर र ख्रीष्टिना गुरुङ्ग, सीमा नेपाली र बिनिता थापा उत्कृष्ट ३ औं जोडी नृत्यमा र गायनतर्फ प्रबिन सुनार,जोसेफ गुरुङ्ग,निर्मला नेपाली, प्रेम रसाईली र मौसमी मगर उत्कृष्ट ५ औ मा छनोट भई अन्तिम चरणको प्रतिस्पर्धामा पुग्न सफल भए भने असार १६मा भएको फाइनल प्रतियोगितामा गायन तर्फ कर्मेल चर्चका प्रेम रसाइली र नृत्यतर्फ सिमा नेपाली र बिनिता थापा गा यन तथा नृत्य प्रतियोगिता सिजन ३का विजेता बन्न पुुगेका छन् । नृत्यमा कुशल नृत्यकार तथा योन्से ब्याप्टिस चर्चका जवान अगुवा क्रिश गुरुङ्ग र बिभिन्न क्षेत्रमा नृत्य प्रशिक्षकको रुपमा काम गरिरहनु भएकी कुशल नृत्यकार रेनुका थापाले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो भने गायनतर्फ बिलिभर्स ईस्टर्न चर्च रुपन्देही बासगडी मन्डलीका पास्टर,गायन तथा संगीत क्षेत्रमा लामो अनुभव सङ्गाल्नु भएका पास्टर जोन सिङ्ग बि.क. र संगीत क्षेत्रमा लामो अनुभव सँगाल्नु भएका ख्रीष्टियन जगतका कुशल गायक तथा इम्मानुयल चर्च, भैरहवाका पास्टर घनसिङ्ग पुनले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ख्रीष्टियन जवान संगतीका अध्यक्ष तथा कार्यक्रमका सभापति बिजय नेपालीले भन्नुभयो ख्रीष्टियन जवानहरुले नाच्दै र गाउदै आफ्ना सृष्टिकर्ताको महिमा गनुपर्छ र हरेक मानिसलाई परमेश्वरले आआफ्नै प्रकारको बरदान दिनुभएको छ र उसले आफ्नो बरदानबाट परमप्रभुलाई नै महिमाहुने काम गर्नुपर्छ यसमा मण्डली,समाज र राष्ट्रले उसको प्रतीभाको कदर गर्दै अगाडी बढ्नका लागी उत्साह दिनुपर्छ ,बाटो तयार गरीदिनुपर्छ । टेकेको ठाउँमा खनेर खसाल्ने होईन टेक्नुपर्ने ठाउँमा खनेर ठाउँ तयार गरीदिनु पर्छ त्यो कामको प्रयास ख्रीष्टियन जवान संगती बुटवलले गर्न खोज्दै छ र यसमा ख्रीष्टियनहरुको प्रार्थना र सहयोग अपरीहार्य रहेको छ । यस कामको प्रशंशा गर्दै प्रतिस्पर्धिहरुको उत्साहको लागी हिमान्सु बुटिक एण्ड ट्रेनिङ्ग सेन्टर, कुमार फर्निचर,रिता गुरुङ्ग,विजय नेपाली, प्रकाश सर, आमा म्यूजीक एकेडेमी र क्राईष्ट वारीयर ब्याण्डले आर्थिक सहयोग गरी कार्यक्रमलाई सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत गर्नुभयो । उक्त कार्यक्रममा बिजेता प्रतिस्पर्धिले ५/५ हजार नगद, सील्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोस्रो र तेस्रो बिजेताले उपहार, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन त्यसैगरी क्राईष्ट वारीयर ब्याण्डको तर्फबाट एउटा म्यूजिक भिडियोमा आफ्नो प्रतीभा प्रस्तुतगर्ने अवसर पनि पाउने भएका छन् । कार्यक्रमको प्रमुुख अतिथी बुुटवल ख्रीष्टिय समाजका अध्यक्ष सुुरज थापा हुुनुुहुुन्थ्यो भने कार्यक्रम CYF कि उपाध्यक्ष रत्नमाया ए.सी.ले सन्चालन गर्नुभएको थियो । अन्तिम चरणको प्रतिस्पर्धा बुटवल ब्याप्टिस चर्च देबिनगरमा असार १६ गते शनिबार बिभिन्न बिशिष्ट ब्यक्तिहरुको प्रतीभा प्रदर्शनको साथमा बिजेताहरुलाई सम्मान गरी समापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *