रोनाल्डो यूरोपको उत्कृष्ट फरवार्ड भए भने मोड्रिच सर्वोत्कृष्ट खेलाडी घोषित भए

खेलकुद मुख्य समाचार

मोनाको (एजेन्सी) – क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे । खेलाडी चुन्ने क्रममा मतदान हुँदा मोड्रीचले ३ सय १३ मत पाएका थिए । उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै उपाधि जितेका हुन् । रोनाल्डोले रियलका लागि गत सिजन ४४ खेलमा ४४ गोल गरेका थिए । लिभरपुलमा गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका सलाहले १ सय ३४ अंक हासिल गरे ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय टोलीबाट क्रोएसियालाई विश्वकप फाइनलसम्म लागेका मोड्रीच फाइनलमा भने फ्रान्ससँग पराजित भएका थिए । उनले विश्वकपमा व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारेका थिए ।

रोनाल्डो उत्कृष्ट फरवार्ड


त्यसैगरी पोर्चुगल राष्ट्रिय टोली कप्तान एवं युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फरवार्ड घोषित भएका छन् । रोनाल्डोले बार्सिलोनाका लिओनेल मेसी र लिभरपुलको मोहमद सलाहलाई पछाडी पार्दै उपाधि जिते । रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनकै गोलको मदतले रियल च्याम्पियन बन्न सफल रहेको थियो । रोनाल्डोले गत सिजन रियलको लागि ४४ खेलमा ४४ गोल अग्रेका थिए । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।

युरोपको उत्कृष्ट डिफेन्डर रामोस

स्पेनको राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोस युरोपको उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् ।रामोसले रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । रामोसले रक्षात्मक रुपमा मात्र नभएर आक्रमणमा पनि सहयोग पुर्याएका थिए । उनले च्याम्पियन्स लिगको ११ खेल खेल्दै जम्मा १३ गोल मात्र खाए । यसक्रममा २ क्लिनसिट पनि उनको नाम रहयो । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।

रियलका नाभासलाई उत्कृष्ट गोलरक्षक उपाधि


कोस्टारीका राष्ट्रिय टोली एवं रियल म्याड्रिडका गोलरक्षक कलर नाभास युरोपको उत्कृष्ट गोलरक्षक चुनिएका छन् । उपाधि जित्ने क्रममा नाभासले ब्राजिलका गोलरक्षक एलिसन बेकर र इटालियन गोलरक्षक जियानलुइजी बुफोनलाई पछाडी पारे ।
रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन नाभासले महत्त्वपूर्ण भूमिका खेलेका थिए । नाभासले रक्षात्मक रुपमा बलियो प्रस्तुति दिएपछि विपक्षी आक्रमण विफल पार्न रियललाई सहज भएको थियो । च्याम्पियन्स लिगका ११ खेल खेल्ने क्रममा उनले १३ गोल मात्र खाए । यसक्रममा २ क्लिनसिट पनि उनको नाम रहयो । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *