भोलि ७७ जिल्लामै कांग्रेसको प्रदर्शन
काठमडौं, माघ १८ गते । नेपाली कांग्रेसले माघ १९ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो । संसद् विघटनमार्फत प्रधानमन्त्रीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताइएको छ । सभामा भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनतालगायतका मुद्दा उठाइनेछ ।